News Portal

संसारका टपटेन अरबपतिहरु कहाँ बस्छन् ?

७९९ पटक

यदि तपाइँसँग ५० करोड डलर भन्दा धेरै पैसा भयो भने तपाइँ कहाँ बस्नुहुन्थ्यो ? धेरैले पक्कै आफ्नो सपनाको संसार रोज्छन् ।

यहीँ प्रश्नको जवाफ खोज्ने कोसिस गरिरहेको थियो नाइट फ्रेन्क एलएलपी एजेन्सीले सन् २००९ देखि । यो रियल स्टेट तथा कन्सल्टेन्सी कम्पनीको स्थापना सन् १८९६ मा बेलायतमा भएको हो ।

यो एजेन्सीको रिपोर्ट अनुसार ५० करोड डलरको सम्पत्ति भएका धेरै मानिसहरु उत्तर अमेरिकी महादेशमा बस्दछन् । र, त्यसमा पनि सबैभन्दा धेरै अमेरिका र क्यानडामा । अर्थात् अमेरिका र क्यानडामा ५० करोड डलर भन्दा धेरै सम्पत्ति भएका विश्वका ३१.८ प्रतिशत मानिस बस्दछन् ।

त्यसपछि एसिया रहेको छ । एसियामा ५० करोड डलर भन्दा धेरै सम्पत्ति भएका विश्वका कूल मानिसहरुमध्ये २८.१ प्रतिशत मानिस रहेका छन् भने तेश्रो स्थानमा २५.४ प्रतिशत सहित युरोप रहेको छ ।

बाँकी १५ प्रतिशतमा मध्य एसिया, अष्ट्रेलिया, रुस, राष्ट्रमण्डलबाट स्वतन्त्र भएका देश -सिआइएस), ल्याटिन अमेरिका र अफ्रिकामा बस्दछन् ।

रिपोर्ट तयारीका लागि एजेन्सीले वेल्थ एक्स नामक एक अन्तराष्ट्रिय डाटा कम्पनीसँग जानकारी लिएकेा थियो । यो डाटा कम्पनीले विभिन्न लक्जरी ब्राण्ड, एनजिओ र शिक्षण कम्पनीहरुसँग काम गर्दछ ।

यसका अलवा रिपोर्टका लागि विश्वका ५ सय ठूला बैंकमाथि भएको सर्भेबाट संकलित डाटा पनि प्रयोग गरिएको छ । यी ५ सय बैंकले विश्वका ५० हजार मानिससँग काम गर्दछन्, जसको कूल सम्पत्ति ३ अर्ब डलर रहेको छ ।

टपटेन अर्बपतिहरुको देश

रिपोर्ट अनुसार धेरै अर्बपतिहरु बस्ने देशहरुमा अमेरिका, चीन, जर्मनी, जापान, हंगकंग, क्यानडा, स्विजरल्याण्ड, प|mान्स, रुस, सिआइएस मुलुकहरु र बेलायत आउँदछ ।

यद्यपि अमेरिका र दोश्रो स्थानको चीनमा बस्ने अर्बपतिहरुको संख्यामा निकै अन्तर छ । अमेरिकामा चीनको तुलनामा १३ सय ४० बढि अर्बपति बस्द्यछन् । अमेरिकामा अर्बपतिको संख्या १८३० जना रहेको छ ।

सूचिमा भारत ११ औँ स्थानमा रहेको छ । भारतमा २ सय जना अर्बपति बस्दछन् ।

सन् २०१६ तथा २०१७ को बीचमा अर्बप्तिको संख्यामा सबैभन्दा धेरै हंगकंगमा बढोत्तरी भएकेा छ । यो बीचमा हंगकंगमा अबृप्तिको संंख्या २३ प्रतिशतले बढ्यो । उता बेलायतमा भने अर्बपतिको संख्या ४ प्रतिशतले घट्ो ।

अर्बपतिका कतिवटा घर ?

रिपोर्ट अनुसार ५० करोड डलर भन्दा धेरै सम्पत्ति हुने धनाढ्यहरुका कम्तिमा पनि ३ वटा घर हुने गरेका छन् । जसमा आफ्नो आवास रहेको आलिशान बंगला पनि सामेल हुन्छ । सबैभन्दा धेरै घर हुने अर्बपति मध्य एसियाका हुने गरेका छन् भने अफ्रिकी अर्बपतिहरुका घर कम पाइएका छन् ।

यस्तै अर्बपतिहरुसँग दुई देशको नागरिकता हुनु पनि सामान्य पाइएको छ ।

रिपोर्ट अनुसार रुसमा ५८ प्रतिशत बैंक ग्राहकसँग दोहोरो पासपोट हुने गरेको छ । यस्तो संख्या एसियालीमा ३९ प्रतिशत र ल्याटिन अमेरिकीमा ४१ प्रतिशत रहेको छ ।

नाइट प|mेन्क एलएलपीको रिपोर्ट अनुसार विश्वमा १ अर्ब डलर भन्दा धेरै सम्पत्ति हुने मानिसको संख्या २२ सय ८ जना रहेको छ । यो सूचि फोब्र्सको अर्बपतिको सूचिमा पनि उहीँ छ ।
बीबीसीबाट

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...