News Portal

  • सुदुरपश्चिमेली समाज कुवेतद्वारा बाजुराका मृगौला पिडित बोहोरालाई आर्थिक सहयोग

    हिमाली संचार संवाददाता
    ४४६ पटक

    कुबेत : सुदुरपश्चिमेली नेपाली समाज कुवेतद्वारा मृगौला पिडित धन ब. बोहरालाई २६,४२५ रुपैयाँ आर्थिक सहयोग गरिएको छ। बाजुरा जिल्ला बुढिनन्दा नगरपालिका ९ पाण्डुसैनका मृगौला पिडित २७ वर्षीय धनबहादुर बोहोरा घरबाट बिदेश जानको लागि काठमण्डौ आएका बोहोरा एकाएक बिमारी भएपछि अस्पतालमा भर्ना भएका थिए ।

    विभिन्न शारिरिक चेकजाच पछि दुवै मृगौला फेल भएको रिपोर्ट आएपछि वीर अस्पतालको एक सय ५९ नम्बर वेडमा भर्ना भएका बोहोराको दुवै मृर्गौला फेर्नुपर्ने सुझाव दिएपनि आर्थिक अभावका कारण नै उनी जीवनमरणको दोशादमा रहेका छन्।

    उनका भाई नरेन्द्रले दुई महिना अघि विर अस्पतालमा भर्ना गरेदेखि २ लाख बढि रकम खर्च भएपनि बाँकी रकम नहुदा समस्या भएको बताए। तर आर्थिक अभावले उपचारमा समस्या भएकाले सबैसंग सहयोगको अपिल गरिएका छन।

    सहयोगको लागि विभिन्न मिडिया र समाजिक संञ्जालमा अपिल गरेको थाहा पाएपछि सुदुरपस्चिमेली नेपाली बासीको एकता र समृद्ध सुप समाजको परिकल्पनाका अभियन्ता”कर्मठ “इमान्दार “युवा समाज सेवी भिम रावतको नेतृत्वमा संस्थाको आन्तरिक रुपमा उक्त रकम संकलन गरि सहयोग गरिएको महासचिब मान ब.बलायरले जानकारी दिनुभएको छ।

    महासचिब बलायरले भन्नु भयो मृगौला पिडित धन ब.बोहोरा बरिष्ठ-उपाध्यक्ष भिम रावतले संस्थाको आन्तरिक ग्रुपमा जानकारी गराउनु भयो। महासचिब भन्नु हुन्छ ” बरिष्ठ-उपध्यक्ष रावतले कुनै पनि कार्य गर्दा उहाँ आफैबाट शुरुवात गर्नु हुन्छ । उक्त रकम मध्य बरिष्ठ-उपध्यक्ष रावतले स्वयम् १० हजार नेपाली सहयोग बोल्नु भएको थियो भने बाकि संकलित रकम संस्थाका पदाधिकारीबाट संकलन गरि आज संस्थाका अध्यक्ष अमर खड्का र बरिष्ठ उपाध्यक्ष रावतको परिवारद्वारा हस्तान्तरण गरिएको हो।

    उक्त रकम सहयोग गरि सकेपछि पिडित धन ब.बोहोरा र भाइ इन्द्र बोहोराले सहयोगी संस्था र सबै सहयोगी मनहरुमा हार्दिक आभार प्रकट गर्नु भएको छ।

    सुदुरपश्चिमेली नेपाली समाज कुवेतले स्थापना काल देखि विभिन्न मानवि र सामाजिक कार्यमा गर्दै आएको छ। यस संस्थामा आबद्व हुन कुवेतवासी सुदुरपश्चिमेलीहरुलाई अनुरोध गर्दछौ। महासचिब बलायरले जानकारि दिनु भए अनुसार आगामि सेप्टेम्बर २० तारिख शुक्रबारका दिन नेपालबाट कलाकार नेपाल आइडल सिजन टु का रवि ओड मोडल तथा पप गायक चक्र बम को बेजोड प्रस्तुतिका साथ सुदुर सांगितिक धमाका २०१९ सभ्य र भब्यताका सम्पन्न गर्नु पर्ने भएकाले तयारी भइरहेको संरक्षक बिकास सिंहले जानकारी गराउनु भएको छ।

    साथै यस कार्यक्रमलाई सफल पार्न कुवेतवासी नेपालीहरु संघसंस्था, पत्रकार, खेलाडी, नेपाली दुतावस लगायत सबै कुवेतवासी नेपालीहरुमा उक्त दिन गरिमामय उपस्थितिको लागि अनुरोध गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...

    आज २०८२ साल कार्तिक १४ गतेको राशिफल

    आज कार्तिक १४, २०८२ (अक्टोबर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...