News Portal

  • जनसम्पर्क समिति कुवेतको जागरण अभियान सम्पन्न, २५ जनालाई कांग्रेसको सदस्यता प्रदान

    हिमाली संचार संवाददाता
    ५१४ पटक

    कुवेत, २९ जुन : नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समितिको जागरण अभियान शुक्रबार कुबेतको जिलिबस्थित पपिन्स हलमा भब्यरूपमा सम्पन्न भएको छ।

    “राष्ट्रियता, लोकतन्त्र, समाजवाद र हाम्रो आदर्श, आजको आवश्यकता हो।” भन्ने नारा बोकेर जनसम्पर्क कुवेत शाखाले उक्त जागरण अभियान सञ्चालन गरेको थियो।

    कार्यक्रमको सभापतित्व समितिका सभापति कल्याण कुमार श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम समितिका महामन्त्री कृष्ण बहादुर तामाङले संचालन गरेका थिए। उक्त कार्यक्रममा कुवेतका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको उल्लेख्य उपस्थिति रहेको थियोे।

    कार्यक्रमको सुरुवातमा उपस्थित कुवेतबासीलाई स्वागत गर्दै समितिका कोषाध्यक्ष इन्द्र पौडेल “कृष्ण” ले स्वागत मन्तव्य दिएका थिए भने लगत्तै कांग्रेसको जागरण गीत पनि बजाईएको थियोे।

    जनसम्पर्क समितिले आयोजना गरेको जागरण अभियानलाई सफल बनाउन विभिन्न विद्वान ब्यक्तित्वहरुले समेत मन्तव्य राख्नु भएको थियोे। मन्तव्यका क्रममा नेपाल पत्रकार महासंघ कुवेत शाखाका उपाध्यक्ष नवराज पन्थी, एनआरएनए कुवेतका अध्यक्ष सुमित्रादेवी पौडेल, प्रवासी मञ्चका युवराज गैरे, समाजवादी पार्टीका उपाध्यक्ष जयनारायण माझी थारु, एनआरएनए कुवेतका महासचिव हरि लावती, डिसि नेपाल डटकमका कुवेत प्रतिनिधि माधब शाहीले मन्तव्य राख्नु भएको थियोे।

    जागरण अभियानबारे समितिका सल्लाहकार मन्जित राई, सल्लाहकार राजेन्द्र विरही र समितिकै वरिष्ठ उपाध्यक्ष माधव शर्माले जागरण अभियान बारे प्रष्ट्याएका थिए।

    समितिका सभापति, वरिष्ठ उपाध्यक्ष, सल्लाहकार र अन्य पदाधिकारीहरुले झण्डै २५ जना नव आगन्तुकहरुलाई नेपाली कांग्रेसको सदस्यतापत्र समेत प्रदान गरेका थिए। जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन अगस्ट १६ मा गर्ने भएको समेत जानकारी दिइएको थियोे।

    अन्तमा जनसम्पर्क समिति कुबेतका सभापति कल्याणकुमार श्रेष्ठद्वारा सभा बिसर्जन गरेको घोषणा गरिएको थियोे।

    भिडियो हेर्नुहोस।

    https://www.facebook.com/himalisanchar/videos/370123586840201

    यो पनि पढ्नुहोस।

    तेश्रो अधिवेशन १६ अगस्टमा !

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    ओलीको कथन : शिवजी चाम्लिङ थिए कि भन्ने लाग्छ कहिलेकाहीँ

    काठमाडौं, असार २३ – प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने सम्भावना व्यक्त गर्नुभएको...

    तनहुँ सेवा समाज कुवेतले नयाँ वर्षको अवसर पारेर २ जनवरी २०२६ मा सांगीतिक धमाका गर्ने

    कुवेत, असार २३  — तनहुँ सेवा समाज कुवेतको १३औँ मासिक बैठक अध्यक्ष सोम बहादुर खत्रीकाे...

    नेपाली जनप्रगतिशील मोर्चा कुवेतका उपाध्यक्ष कैलाश मैनालीको पहलमा कुवेतमा अलपत्र परेका दुई युवाको उद्धार

    कुवेत, असार २३ – रोल्पा जिल्लाका भरत घर्ती मगर र सल्यान जिल्लाका नरेश कुमार वली रोजगारीको...

    भिजिट भिसा दुरुपयोग प्रकरण : छानबिन समिति नबनेसम्म आन्दोलन नरोकिने राप्रपाको चेतावनी

    काठमाडौं, असार २३ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा दुरुपयोग प्रकरणमा संसदीय छानबिन समिति...

    बर्दिबासमा ट्रक र अटो ठोक्किँदा एकको ज्यान, दुई घाइते

    महोत्तरी, असार २३ — महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित स्मृतिपार्क नजिक आइतबार राति ट्रक र अटो...