News Portal

  • किरात याक्थुङ चुम्लुङ कतारको १०औं अधिवेशन भब्यताका साथ सम्पन्न

    हिमाली संचार संवाददाता
    ४५७ पटक

    दोहा, कतार : “लिम्बुवान सवायत्तता, हाम्रो प्रतिबद्वता” भन्ने मुल नाराको साथ २१ जुन शुक्रबारको दिन कतारको दोहास्थित वाईट हाउस रेष्टुरेन्टमा किरात याक्थुङ चुम्लुङ कतारको १०औं अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ ।

    अध्यक्ष राजेन्द्र साम्याङखामको सभापत्तित्व रहेको उक्त कार्यक्रममा नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष शिव कुमार भुजेल प्रमुख अतिथी रहनु भएको थियो भने बिषेश अतिथिहरुमा प्रवासि नेपालि एकता मञ्च कतारका अध्यक्ष चनख पोखरेल, नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री अजिज अलि, नेपाली संघिय समाज कतारका अध्यक्ष हिरा धन राई, संघिय लिम्बुवान सामाजिक मञ्च कतारका कार्यबहाक अध्यक्ष रेखा राई लिम्बु, नेपाली जन प्रगतिशिल मोर्चा कतारका उपाध्यक्ष साजन गुरुङ, मंगोल नेशनल अर्गनाईजेसन कतारका अध्यक्ष बिरु तामाङ, कि.या.चु कतारका बिषेश सल्लाहकार दिल किरण खजुम, नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका प्रमुख सल्लाहकार देब राज राई, बिषेश सल्लाहकार शियाराम चौधरी,सल्लाहकार सुक ब.तामाङ, सल्लाहकार, नियम भुजेल र सल्लाहकार रस तमु हुनु हुन्थ्यो भने अथितिहरूमा तमू समाज कतारका अध्यक्ष भाई काजि गुरुङ, किरात राई या–योक्खा शाखा कतारका अध्यक्ष बिमल राई, नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष धिरेन तामाङ, थारु कल्याणकारी सभा च्याप्टर कतारका उपाध्यक्ष श्यामलाल चौधरी, सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष सामुयल सुनुवार, शेर्पा किदुग सघं कतारमा अध्यक्ष छेतेन शेर्पा,दलित एकता समाज कतारका अध्यक्ष किरण परियार, खोटाङ सेवा समाज कतारका प्रथम उपाध्यक्ष डिल्ली सेर खडका, धनकुटा सेवा समाजका प्रमुख सल्लाहकार ललित लिम्बु, तेह्रथुम सेवा समाज कतारका सचिव राजेन्द्र सावा लिम्बु,संखुवासभा सेवा समाज कतारका अध्यक्ष लोक ब.राई, कियाचु कतारका सल्लाकाहरु क्रमश गणेस थक्लुङ लिम्बु,केवल पाहिम लिम्बु, सोम माबोहाङ लिम्बु, डम्बर लिबाङ लिम्बु लगायतका अतिथि रहनु भएको थियो।

    कार्यक्रमका प्रमुख अतिथी शिव कुमार भुजेलको बाहुलीबाट ब्यानर अनवरण भएको थियो भने प्रमुख अतिथी र बिशेष अतिथीहरुको बाहुलीबाट सयुक्त रुपमा दिप प्रज्वलन गरी कार्यकमको समुद्घाटन गरिएको थियो।

    नेपाली राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रम पछी कि.या.चु कतारका पुर्व अध्यक्ष स्व– ललिल माबो, पुर्व कोषाध्यक्ष स्व–राजेश तुम्बापो लगायत लिम्बुवानको लागि बिभिन्न समयमा सहादत प्राप्त गर्ने ज्ञात अज्ञात सहिदहरु प्रती एक मिनेट मौन धारणा गरिएको थियो।

    कार्यक्रममा कियाचु कतारका बरिष्ठ उपाध्यक्ष हर्क खजुमको स्वागत मन्तब्य तथा लिम्बु साँस्कृतिक परिषदका कलाकाहरुले के(लाङ (च्याब्रुंग नाच) प्रस्तुत गरि उपस्थित गणलाई स्वागत गरेका थिए ।

    शुभकामना मनतब्यको क्रममा प्रमुख अतिथी शिव कुमार भुजेलले बर्तमान सरकारले नेपालका आदिवासि जनजाति, मुसलिम,दलित तथा पिछडिएका जातिहरुको अधिकार र पहिचानका मागहरुको सम्बोधन नभए सम्मन समृद्ध नेपाल खुसि नेपालि भन्ने अभियानले पुर्णता नपाउने कुरा राख्नु भएको थियो।

    नेप्रआज महासघंका मात्रि संस्थाबाट पाल्नु भएका अतिथीहरुले भाषा, लिपि, धर्म, संस्कार, संस्कृति नै मानव जातिको पहिचान भएकोले, हामि जहाँ र जस्तो सुक्कै अवस्थामा रहे पनि आफ्नो पहिचानलाई बचाई राख्न, अन्तराष्ट्रिय स्थरमा प्रचारप्रसार गर्न सबैबाट सकारात्मक पहल रहोस भन्ने उहाँहरुको भनाइ रहेको थियो ।

    यसै गरि शुभकामना मन्तब्यकै क्रममा नेप्रआज महासघं कतारका बिशेष सल्लाहकार सिया राम चौधरीले खोसिएका हाम्रा अधिकारहरु सुनिश्चताको लागि आदिवासी जनजातीहरु एक ढिक्का भएर धार्मिकरुपमा, साँस्कृतीकरुपमा, राजनितीक रुपमा हरेक पक्षबाट अघि बढ्नु पर्ने उहाँले जोड दिनु भएको थियो भने नेपालको २०६८ सालको जनगणनाको तथ्याङ अनुसार लिम्बुहरुको जन सङख्या ३८७,३०० रहेको पुष्टि भएता पनि लिम्बु जातिहरुको जन सङख्या धेरै रहेको दाबि गर्दै आउदा सिगो लिम्बु समुदायहरुको नेतृत्व गर्ने सस्था किरात याक्थुङ चुम्लुङले खोजि गर्नु पर्ने कुरा पनि जोडनु भएको थियो।

    यसरी नै अन्य अतिथीहरुले मन्तब्य कै क्रममा कियाचु कतारले प्रवासमा खेलेको भुमीका र सामाजिक कार्यहरु सह्रानीय रहेको भन्दै निवर्तमान कार्यसमितिलाई धन्यवाद ज्ञापन गरे भने नवसमितिलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए। यसैगरि किरात याक्थुङ चुम्लुङ केन्द्रद्धारा पठाइएको शुभकामना सन्देश सन्चालकद्धारा बाचन गरिएको थियो।

    कियाचु कतारलाई हरेक कालखण्डमा अतुलनिय योगदान पुर्याउने ब्यक्तित्वहरु, कलाकारहरु, आजिवन सदस्यहरु, संरक्षक तथा निवर्तमान कार्यसमितिका सम्पुर्ण पदाधिकारिहरुको योगदानलाई उच्च मुल्याङ्कन गर्दै प्रशंसा पत्र र प्रमाण पत्र दिइएको थियो ।

    कियाचु कतारको दुई बर्षे कार्यकालको संस्थागत प्रगती प्रतिवेदन महासचिब सागर तुम्बाहाङफेले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिबेदन कोषाध्यक्ष भोगेन्द्र आङखेवाले प्रस्तुत गरेका थिए ।

    अन्तमा अधिबेशनलाई सफल बनाउन पाल्नु भएका सम्पूर्ण उपस्थितिलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका सभापति राजेन्द्र साम्याङखामले मौजुदा कार्यसमिती भंग भएको घोषणा गर्दै खुल्लासत्र समापन भएको घोषणा गर्नु भयो । कार्यक्रम महासचिव सागर तुम्बाहाङफेले सञ्चलन गरेका थिए।

    किरात याक्थुङ चुम्लुङ कतारको दशौ अधिवेशनमा दिल किरण खजुमको संयोजकत्वोमा ५ सदस्य निर्वाचन मण्डल गठन गरिएको थियो भने बिधान संशोधन समितिमा डम्बर लिबाङको संयोजकत्वोमा ३ सदस्य गठन गरीएको थियो। उक्त निर्वाचन मण्डलद्वारा तपसिल बमोजिमका निर्विरोध २५ सदस्य नव निर्बाचित कार्यसमितिको नामावलि घोषणा गरिएको छ।

    अध्यक्ष : राजेन्द्र साम्याङखाम लिम्बु
    बरिष्ठ उपाध्यक्ष : हर्क खजुम लिम्बु
    प्रथम उपाध्यक्ष : नगेन पाक्साङवा लिम्बु
    द्धितिय उपाध्यक्ष : सोम माबोहाङ लिम्बु
    तृतिय उपाध्यक्ष : सन्ध्या सावा लिम्बु
    महासचिव : सागर तुम्बाहाङफे लिम्बु
    उपमहासचिव : बिवस मादेन लिम्बु
    सचिव : भोगेन्द्र आङखेवा लिम्बु
    सचिव : योगेन

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...

    आज २०८२ साल कार्तिक १४ गतेको राशिफल

    आज कार्तिक १४, २०८२ (अक्टोबर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...