News Portal

जनसम्पर्क समिति कुवेतको आयोजनाको जागरण अभियानको तयारी पुरा

हिमाली संचार संवाददाता
५७० पटक

कुवेत, २३ जुन : नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेत शाखाले आउदो शुक्रबार आयोजना गर्न लागेको राष्ट्रिय जागरण अभियानको तयारी पूरा भएको समितिका कोषाध्यक्ष इन्द्र पौडेल “कृष्ण”ले हिमालीसंचार डटकमलाई जानकारी दिए।

कांग्रेस केन्द्रिय कार्यालयको निर्देशनानुसार देशका ७७ वटै जिल्ला र बिदेशका ३३ शाखाले राष्ट्रिय जागरण अभियान धुमधामका साथ मनाइरहेका बेला कुवेत शाखाले पनि उक्त अभियानलाई प्राथमिकताका साथ मनाउन लागेको बताएको छ।

शुक्रबार उपसभापति माधब शर्माको सभापतित्वमा फर्वानियास्थित संगठन प्रमुख ज्ञान बहादुर खड्काको निवासमा बसेको समितिको बैठकले जिलिबको पपिन्स हलमा सो जागरण अभियान कार्यक्रमलाई धुमधामका साथ मनाउने तयारी पूरा भएको समितिले जनाएको छ।

साथै नेपाली जनसम्पर्क समिति कुवेतले अाउदो अगस्त १६ तारिख शुक्रबारका दिन नेपालबाट पाल्नुहुने प्रमुख अतिथिको साथमा तेश्रो अधिवेशन गर्ने बताएको छ। जनसम्पर्क समिति कुवेतले नयाँ सदस्यतापत्र वितरणको सम्पुर्ण विवरण पनि सोही अधिवेशनको दिन बुझाउने जानकारी दिएको छ।

      तपशिल :

मिति : २८ जुन २०१९
समय : दिउँसो २ बजे
स्थान : पपिन्स हल जिलिब
आयोजक : नेपाली जनसम्पर्क समिति कुवेत

यो पनि पढ्नुहोस।

तेश्रो अधिवेशन १६ अगस्टमा ! 

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...