News Portal

जनसम्पर्क समिति कुवेतको आयोजनाको जागरण अभियानको तयारी पुरा

हिमाली संचार संवाददाता
६३१ पटक

कुवेत, २३ जुन : नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेत शाखाले आउदो शुक्रबार आयोजना गर्न लागेको राष्ट्रिय जागरण अभियानको तयारी पूरा भएको समितिका कोषाध्यक्ष इन्द्र पौडेल “कृष्ण”ले हिमालीसंचार डटकमलाई जानकारी दिए।

कांग्रेस केन्द्रिय कार्यालयको निर्देशनानुसार देशका ७७ वटै जिल्ला र बिदेशका ३३ शाखाले राष्ट्रिय जागरण अभियान धुमधामका साथ मनाइरहेका बेला कुवेत शाखाले पनि उक्त अभियानलाई प्राथमिकताका साथ मनाउन लागेको बताएको छ।

शुक्रबार उपसभापति माधब शर्माको सभापतित्वमा फर्वानियास्थित संगठन प्रमुख ज्ञान बहादुर खड्काको निवासमा बसेको समितिको बैठकले जिलिबको पपिन्स हलमा सो जागरण अभियान कार्यक्रमलाई धुमधामका साथ मनाउने तयारी पूरा भएको समितिले जनाएको छ।

साथै नेपाली जनसम्पर्क समिति कुवेतले अाउदो अगस्त १६ तारिख शुक्रबारका दिन नेपालबाट पाल्नुहुने प्रमुख अतिथिको साथमा तेश्रो अधिवेशन गर्ने बताएको छ। जनसम्पर्क समिति कुवेतले नयाँ सदस्यतापत्र वितरणको सम्पुर्ण विवरण पनि सोही अधिवेशनको दिन बुझाउने जानकारी दिएको छ।

      तपशिल :

मिति : २८ जुन २०१९
समय : दिउँसो २ बजे
स्थान : पपिन्स हल जिलिब
आयोजक : नेपाली जनसम्पर्क समिति कुवेत

यो पनि पढ्नुहोस।

तेश्रो अधिवेशन १६ अगस्टमा ! 

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...