कुवेत, १९ जुन : “समृद्ध समाज निर्माण र विकाश आजको आवश्यक्ता, प्रवासी इलामेली सेवा समाजको बिशेषता” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित प्रवासी इलामेली सेवा समाज कुवेतले आउदो २८ जुन २०१९ शुक्रबारका दिन कुवेतको फर्वानियास्थित युनिक अडिटोरियम हलमा हुन गईरहेको प्रवासी इलामेली सेवा समाज कुवेतको प्रथम वार्षिकोत्सब तथा अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ।
समाजको प्रथम वार्षिकोत्सब तथा प्रथम अधिवेशन बिभिन्न सांगीतिक प्रस्तुतिको साथमा मनाउने समाजका अध्यक्ष चक्र कुलुङ राईले जानकारी दिए।
वार्षिकोत्सब तथा अधिवेशनलाई ऐतिहासिक रुपमा भव्य र सभ्यरुपमा सफल बनाउनको लागि कुवेतस्थित क्रियाशिल संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि समाजले अनुरोध गरेको छ।
साथै संघसंस्था लगायत सम्बन्धित सम्पूर्णलाई पत्राचार गरिसकेको र कारणबस पत्र हात नपरेको खण्डमा यसै समाचारलाई आधार मानी उपस्थिति जनाईदिनु हुन समाजले आग्रह समेत गरेको छ।
तपशिल :
मिति : २८ जुन २०१९ शुक्रबार
समय : ११ बजे
स्थान : युनिक अडिटोरियम हल फर्वानिया
आयोजक : प्रवासी इलामेली सेवा समाज, कुवेत।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

