News Portal

खोटाङ कुवेत सम्पर्क मंचले अगष्ट १६ मा आठौं बार्षिक उत्सव मनाउने

हिमाली संचार संवाददाता
५३३ पटक

नैनकला राई/कुवेत, १६ जुन : खोटाङ कुवेत सम्पर्क मंच, कुवेतको चौथौं अधिवेशन तथा ८ औं बार्षिक उत्सव अगष्ट १६ तारिखमा हुने भएको छ। गत शुक्रबार कुवेत स्थित फर्वानियामा मंचका उपाध्यक्ष मोहन नाच्छ्रीङ राईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। साथै सोही दिन अधिवेशन तथा ८ औं बार्षिक उत्सव कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति पनि रहने संस्थापक संरक्षक मन्जित चाम्लिङ राईले जानकारी दिए।

रोजगारीको सिलसिलामा कुवेतलाई कर्मथलो बनाउदै आएका खोटाङ्गेहरुलाई एक ढिक्का बनाउदै बिशेष जन्मभूमिको विकाशको लागि टेवा पुर्याउने हेतुले “भाषा अनि संस्कृतिमा बिबिधता, विकाश निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नाराका साथ सन् २०११ मा संस्थापक संरक्षक मन्जित चाम्लिङ राई लगाएत कुवेतबासी खोटाङ्गेहरुको अग्रसरतामा कुवेतमा स्थापना भएको खोटाङ कुवेत सम्पर्क मंचले निरन्तररुपमा कुवेतका संघ संस्थाहरुसँग हातेमालो गर्दै सक्रियताको साथ लागेर संस्थाले मानव जीवनको चौतर्फी विकाशको लागि शिक्षा, स्वास्थ्य, र खेलकुद क्षेत्रमा पनि उत्तिकै चासो दिदै गृह जिल्ला तथा गैर जिल्लामा विभिन्न खालका अप्ठ्यारामा परेकाहरुलाई आफ्नो क्षमता र पहुँचले सक्नेसम्म आर्थिक नैतिक र भौतिकरुपले सहयोग गर्दै आईरहेको छ ।

उक्त दिन हुने कार्यक्रममा कुवेतमा रहनु हुने खोटाङ्गेहरु लगायत बुद्धिजिबी, समाजसेवी, पत्रकार, खेलाडी, कलाकारहरु एवं सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाइ गरिमामय उपस्थिति जनाई कार्यक्रमलाइ भव्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग गरीदिन हुन पनि मंचका संरक्षक राईले आग्रह गरेका छन् ।

      तपशिल :

मिति : १६ अगष्ट २०१९ शुक्रबार
समय : ठिक १२ बजे
स्थान : आइडियाल अडिटेरियम हल फर्वानिया
आयोजक : खोटाङ कुवेत सम्पर्क मंच, कुवेत।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...