News Portal

साझा सद्भाव समुह कतारको प्रथम साधारणसभा सम्पन्न, संयोजकमा कार्की चयन

हिमाली संचार संवाददाता
५०९ पटक

कतार, ७ जुन : साझा सद्भाव समूह कतारले पहिलो ऐतिहासिक साधारणसभा सम्पन्न गरेको छ।कार्यवाहक संयोजक गोपाल न्यौपानेको सभापतित्वमा ‘द गोर्खा रेस्टुरेन्ट’ (नज्मा)मा सम्पन्न भएको थियो भने सभाले “साझा सद्भाव समूह- राष्ट्रिय समन्वय समिति कतार” को १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कार्यक्रमको संचालन आयोजक समितिको तर्फबाट तदर्थ समितिका महासचिव दिपक कुमार बि.क.ले गर्नुभएको थियो । यस सभाको आयोजनार्थ १० मे २०१९ का दिन मध्यपूर्व क्षेत्रीय संयोजकको प्रमुख आतिथ्यमा बसेको मासिक बैठकले निर्णय गरे अनुरुप सोहार्दपुर्ण वातावरणमामा साधारणसभा मार्फत आगामी दुई (२) वर्षका लागि राष्ट्रिय कार्यसमिति चुन्ने निर्णय गरेको थियो ।

विगतमा स्थानिय र राष्ट्रिय तदर्थ समितिहरु हुँदै सद्भाव समुहको गतिविधि संचालन गरिरहेको समुहले विभिन्न क्षेत्रमा बस्ने सदस्यहरुको उपस्थितिमा सम्पन्न भेलाले दुई वर्षे कार्यकालका लागि कार्यसमितिका नयाँ पदाधिकारीहरु चुनेको हो।

कार्यक्रमको अन्त्यमा नवगठित समन्वय समिति कतारका संयोजक गणेश कार्कीले १७ बुँदे कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विघटित तदर्थ समितिका पदाधिकारीहरुको साथमा सल्लाहकार समितिको समेत उपस्थिति रहेको थियो।

नवगठित कार्यसमिति संयोजक कार्की सगै उपसंयोजकमा कुलचन्द्र पौडेल, सहसंयोजक ध्रुर्बराज भण्डारी, महासचिवमा दिपेन्द्र पोख्रेल, सचिव यादव राज पौडेल, कोषाध्यक्षमा सुजन ढकाल, सह-कोषाध्यक्षमा टीकाराम भण्डारी र सदस्यहरुमा चित्र शाह, प्रविण थापा, सुर्यनारायण गौतम, दिपक थापा, प्रकाश सुबेदी, खगेन्द्र खत्री, दिप शागर श्रेष्ठ, राम बाबु शाह चयन भएका छन ।

नवनियुक्त कार्यसमिति सदस्यहरुले प्रमुख सल्लाहकार नारायण विष्टबाट पद तथा गोपनियताको सपथ ग्रहण लिँदै नयाँ जोश जागर र उत्साहका साथ सद्भाव समुहको गतिविधिलाई शसक्त र परिणाममुखी बनाउने प्रण गरेका छन ।

समितिको आउँदो शुक्रबार १४ जुन २०१९ का दिन पहिलो समिक्षा बैठक बसि कार्यसमिति विस्तार तथा आवश्यक उप-समितीहरु र सल्लाहकार समिति गठन गर्ने जानकारी दिएको छ ।

यस ऐतिहासिक घडीमा नवनियुक्त महासचिव दिपेन्द्र पोख्रेलले अघिल्लो तदर्थ समिति तथा सल्लाहकार समितिको अतुलनीय योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गर्नुको साथै नवगठित कार्यसमितिका साथीहरूलाई सद्भाव समुहको तर्फबाट र आफ्नु व्याक्तिगत तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...