News Portal

तितोपाटी डटकमको प्रधानसम्पादकमा पन्थी नियुक्त

हिमाली संचार संवाददाता
४४२ पटक

कुवेत, ६ जुन : नवराज पन्थीलाई कोसेली समुह कुवेतले तितोपाटी डटकमको प्रधानसम्पादकमा चयन गरेको छ। संस्थाका अध्यक्ष आनन्द आचार्यको अध्यक्षतामा कोसेली समुह कुवेतको ब्यवस्थापन समितिको बिहिबार बसेको बैठकले सर्वसम्मत रूपमा निर्णय गरि प्रधानसम्पादक पदमा पन्थीलाइ नियुक्त गरेको हो।

कोसेली समुहको स्थापनाकाल देखि सम्पादकको रूपमा रहेर छापा संस्करण मरूभूमिको कोसेली पत्रिकाको प्रधानसम्पादक रहि सकेका पन्थी विगत १६ वर्ष देखि कुवेतमा कार्यरत रहेका छन। उनी कुवेतमा रहेका विभिन्न सामाजिक संघसँस्थामा समेत नेतृत्वदायी भूमिकामा रहिसकेका छन् भने हाल उनी नेपाल पत्रकार महासंघ कुवेत शाखाको उपाध्यक्ष पदमा छन् ।

अत्यन्त मिलनसार, सहृदयी र हक्की स्वभावका पत्रकार पन्थी कोसेली समुह कुवेतका पुर्व अध्यक्ष हुन भने उनले नेपालमै रहँदा खेरि वि.सं. २०५७-५८ साल तिर पाल्पामा रहेको सामुदायिक रेडियो मदमपोखरा एफ.एम. र गाउँले देउराली साप्ताहिकसँग आवद्ध भएर पत्रकारिताको अनूभव संगाली सकेका छन् ।

प्रधानसम्पादक नबराज पन्थीलाइ नियुक्त गर्ने विशेष बैठकमा संस्थाका संस्थापक संरक्षक सुजन केसि, बरिष्ठ सल्लाहकार मनु भुजेल, सल्लाहकार एवं बरिष्ठ पत्रकार तोयानाथ दाहाल, निवर्तमान प्रधानसम्पादक एवं पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष हरिकृष्ण न्याैपाने लगायत कोसेली समुह कुवेतका सम्पुर्ण सदस्यहरूको उपस्थिति रहेको थियो। विगत ११ वर्ष देखि कोसेली समुहबाट विभिन्न मिडियाहरू मरूभूमिको कोसेली, तितोपाटी डटकम र युटुबमा titopati online संचालित छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...