News Portal

दर्शन सांगीतिक धमाका २०१९ को तयारी पुरा, अतिथि कलाकार बुधबार दिउँसो आइपुग्ने

हिमाली संचार संवाददाता
४०७ पटक

कुवेत, २ जुन : दर्शन ठकुरी समाज कुवेतले आयोजना गरेको “दर्शन सांगीतिक धमाका २०१९” को सम्पूर्ण तयारी पुरा भएको जनाएको छ। दर्शन ठकुरी समाज कुवेतले आफ्नो पाँचौ बार्षिक उत्सवको अबसर पारी आयोजना गरेको दर्शन सांगीतिक धमाकाको सम्पूर्ण तयारी भईसकेको र अतिथि कलाकार बुधबार दिउँसो ३:३५ बजे कुवेत आइपुग्ने समाजका संरक्षक बिबी मल्ल ठकुरीले जानकारी दिए।

समाजको पाँचौ वार्षिक उत्सवको अवसरमा “दर्शन सांगीतिक धमाका २०१९ “ कार्यक्रमको आयोजना गरी चर्चित नायक पल शाह र नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासका साथ वार्षिक उत्सव मनाउने भएको हो।

अतिथि कलालाकर आउँदो बुधबार दिउँसो ३:३५ बजे कुवेत आइपुग्ने भएकोले कलाकारहरुलाई स्वागतको लागी कुवेतमा कृयासिल सम्पूर्ण संघसँस्थाका प्रतिनिधी, पत्रकार लगायत सम्पूर्ण कुवेतवासी नेपालीलाई कुवेतको अन्तराष्ट्रिय बिमानस्थलमा उक्त दिन र समयमा आइदिनहुनको लागी आयोजक समुहले अनुरोध गरेको छ ।

कार्यक्रम भब्यरुपमा हुने भएकोले कुवेतमा कृयाशिल सम्पूर्ण संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागी समाजका अध्यक्ष एल बि हमाल ठकुरीले अनुरोध समेत गरेका छन् ।

तपशिल :
स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल जिलिब
मिति : ७ जुन २०१९ शुक्रबार
समय : १२ बजे
कार्यक्रम बारे जानकारी
– ६६६४४५०९
– ६००६७५७२
– ६९९३५६९३

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...