News Portal

नुवाकोट धादिङ रसुवा समाज कुवेतले जुलाई १९ मा अतिथि कलाकारका साथ उत्सव मनाउने

नेपाल आइडल बुद्ध लामा र गायिका सरस्वती लामा कुवेत आउने !

हिमाली संचार संवाददाता
४७७ पटक

कुवेत, २ जुन : नुवाकोट धादिङ रसुवा समाज कुवेतले आगामी जुलाई १९ तारिख शुक्रबारका दिन अतिथि कलाकारहरु नेपालको पहिलो आइडल बुद्ध लामा र लोकपप गायिका सरस्वती लामाको साथमा प्रथम बार्षिक उत्सब साथमा मनाउने भएको छ।

उक्त कार्यक्रम कुवेत स्थित ईण्डियन सेन्टरल स्कुल, जिलिपमा अतिथि कलाकारको साथमा स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक धर्म तमाङले जानकारी दिएको छन्।

रोजगारीका शिलसिलामा कुवेतमा कार्यरत नुवाकोट, धादिङ, रसुवाका दिदीबहिनी दाजुभाईहरुलाई एकीकृत गर्दै “आपसी एकता हाम्रो उदेश्य, समृद्धि समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको नुवाकोट धादिङ रसुवा समाज कुवेतले यो प्रथम साँस्कृतिक कार्यक्रम गर्न लागेको हो।

कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यकाममा उपस्थिति भइ दिनुहुन आयोजकले आग्रह समेत गरेको छ।

     तपशिल :
मिति : जुलाई १९ तारिक २०१९
स्थान : ईण्डियन सेन्टरल स्कुल, जिलिप
समय : बिहान ११ बजे
आयोजक : नुवाकोट धादिङ रसुवा समाज, कुवेत।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...