News Portal

जनसम्पर्क समिति कुवेतले जुन २८ मा राष्ट्रिय जागरण अभियान धुमधामका साथ मनाउने

तेश्रो अधिवेशन १६ अगस्टमा !

हिमाली संचार संवाददाता
५१८ पटक

कुवेत,१ जून : नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेत शाखाले राष्ट्रिय जागरण अभियान धुमधामका साथ मनाउने भएको छ। कुवेतको जिलिबमा शुक्रबार सभापति कल्याण कुमार श्रेष्ठको सभापतित्वमा बसेको नियमित बैठकले सो निर्णय गरेको बताइएको छ।

नेपाली कांग्रेसको केन्द्रिय कार्यालयको निर्देशन अनुसार यहि जुन २८ तारीख शुक्रबारका दिन नेपाली जनसम्पर्क समिति कुवेत शाखाले राष्ट्रिय जागरण अभियान धुमधामका साथ मनाउने निर्णय गरेको समितिका महामन्त्री कृष्ण बहादुर तामाङले जानकारी दिए।

साथै सो बैठकमा नेपाली जनसम्पर्क समिति कुवेतले अाउदो अगस्त १६ तारिख शुक्रबारका दिन नेपालबाट प्रमुख अतिथिको उपस्थितिमा तेश्रो अधिवेशन गर्ने निर्णय गरेको बताएको छ। जनसम्पर्क समिति कुवेतले नयाँ सदस्यतापत्र वितरणको सम्पुर्ण विवरण सोही दिन बुझाउने निर्णय समेत गरेको समितिले जानकारी दिएको छ।

अहिले देशका ७७ वटै जिल्ला र विदेशका ३३ देशमा नेपाली कांग्रेसको (हिमाल, पहाड, तराई–मधेश) राष्ट्रिय जागरण अभियान चलिरहेको छ।

यो पनि पढ्नुहोस।

कांग्रेसको अन्तर्राष्ट्रिय जागरण अभियानमा जनसम्पर्क समिति कुवेतले हातेमालो गर्दै, नयाँ सदस्यता पनि दिइने 

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...