News Portal

१२ औं गणतन्त्र दिवस सम्पन्न !

हिमाली संचार संवाददाता
५१९ पटक

कुवेत, ३० मे : बुधबार साँझ जेठ १५ (मे २९) का दिन नेपाली दूतावास कुवेतको आयोजनामा राजदुतावासको सभाहलमा कुवेतबासी नेपालीहरुको बीच १२ औं गणतन्त्र दिवस कार्यक्रम सम्पन्न भएको पत्रकार नैनकला राईले प्रदेशीखबरमा समाचार लेखेकी छन।

नेपाली दूतावास कुवेतले लोकतान्त्रिक गणतन्त्रले ११ औँ बर्ष पार गर्दै १२ औँ बर्षमा प्रवेश गरेको खुशियालीमा उक्त कार्यक्रमको आयोजना गरेको भएपनी अधिकांश नेपालीहरु नियमित डिउटिका कारण अनुपस्थित थिए पत्रकार जयनारायण माझी थारुले सार्वजनिक गरेका तस्बिरमा प्रस्टै देख्न सकिन्छ।

कुवेतमा तेस्रो कार्यकालका नवनियुक्त महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको सभापतित्वमा दूतावासको सभाहलमा सम्पन्न सो कार्यक्रम नेपाली दूतावासका द्वितीय सचिव जानकी ओझाले सञ्चालन गरेकी थिइन भने मिनिस्ट्री अफ काउन्सेलर प्रकाश मणि पौडेलले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रमको उद्घाटन महामहिम राजदुतको हातबाट दिव्य प्रज्वलन गर्दै राष्ट्रिय गीतबाट सुरु गरिएको कार्यक्रममा जनान्दोलनमा ज्यान गुमाउनेहरुको सम्मान गर्दै १ मिनेट मौन धारण गरिएको थियो। एनआरएन लगाएत पत्रकार महासंघ र कुवेतमा क्रियाशील संघसंस्थाको तर्फबाट वक्ताहरुले गणतन्त्रको बारेमा आफ्नो विचार व्यक्त गरेका थिए। वक्ताहरुले धारणा राख्ने क्रममा नेपालमा बर्तमान परिस्थिति र दैनिक हत्या हिंशा जस्ता घटना बढिरहेकोमा चिन्ता ब्यक्त गरेका।

संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ। २ सय ३८ वर्षको एकतन्त्रीय शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै महामहिम राजदूत भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्र पश्चात १२ औं गणतन्त्र दिवस मनाइरहदा नेपालले उल्लेखीय उपलब्धिहरु भएको दावी गर्नुभयो। विशेष गरि जनताको चाहाना अनुसारको संविधान र संविधान सभाबाट निर्वाचित गराएर केन्द्रिय, प्रादेशिक र स्थानीय सरकार प्राप्त भएको र देशले परिवर्तनको बारेमा ठुलो फड्को मरेको र यसै अवधिमा नेपालमा राजनीतिक संकटकाल समाप्त भएकोले मुलुक अब आर्थिक बिकाशमा लागेको बताउनु भयो ।

उहाँले अब सुदृढीकरण, सुशासन र समृद्धी हासिल गर्ने तर्फ अघि बढिरहेकोले देश तथा विदेशमा रहेका प्रत्यक नेपाली नागरिकहरुले आफ्नो तर्फबाट दायित्वबोध गर्दै सारा नेपालीहरुलाइ सुखी र समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो। १२ औं गणतन्त्र दिवस कार्यक्रममा उपस्थित सम्पूर्णलाई दुतावासको तर्फबाट रात्रिभोजको पनि ब्यबस्था गरेको थियो।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...