News Portal

एनआरएनए कुवेतको छैटौ राष्ट्रिय महाधिवेशनको मिति सर्‍यो

हिमाली संचार संवाददाता
४८२ पटक

कुवेत, २९ मे : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको छैटौ राष्ट्रिय महाधिवेशनको मिति सारिएको बताइएको छ। आउदो महाधिवेशन २६ जुलाई २०१९ मा गर्ने तय भएको थियो तर उक्त दिनमै एनसिसि बहराइनको पनि राष्ट्रिय महाधिवेशन हुनगएकोले आइसिसीको निर्देशन बमोजिम ०२ अगस्ट २०१९ को दिन एनसिसी कुवेतको राष्ट्रिय महाधिवेशनको मिति तय गरिएको महासचिव हरि लावतीले जानकारी दिए।

उक्त दिन कुवेतका अन्य संघसंस्थाहरुले कुनै पनि कार्यक्रम नजुधाई सहयोग गरिदिनुहुन एनसिसि कुवेतले अनुरोध समेत गरेको छ भने पूर्व प्रकाशित पञ्जीकृत सदस्य शुल्क २ दिनार ५०० फिल्सबाट घटाई २ दिनार मात्रै तोकिएको जनाएको छ।

साथै छैटौ राष्ट्रिय महाधिवेशनको लागि परिषदका सल्हाकार शिव कोईरालाको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन समेत गरिएको जनाएको छ।उक्त निर्वाचन समितिमा जय आले मगर, आनन्द आचार्य, नैनकला राई र गणेश रावत सदस्य रहेको जनाईएको छ।

यो पनि पढ्नुहोस।

एनआरएनए कुवेतद्वारा नयाँ सदस्यता आवेदनका लागी आह्वान 

प्रतिकृया दिनुहोस्

महाप्रसाद वितरण गर्दै मनाइयो मारवाडी युवा दिवस

रंगेली (मोरङ)- मारवाडी युवा दिवसको अवसरमा रंगेली–७ स्थित मुख्य बजारमा रहेको श्री काली मन्दिरमा शनिबार...

बुद्ध एयरको विमान भद्रपुरमा रनवे नाघ्यो, चालक दलसहित ७ घाइते

काठमाडौ -काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे...

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...