News Portal

एनआरएनए कुवेतको छैटौ राष्ट्रिय महाधिवेशनको मिति सर्‍यो

हिमाली संचार संवाददाता
५३३ पटक

कुवेत, २९ मे : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको छैटौ राष्ट्रिय महाधिवेशनको मिति सारिएको बताइएको छ। आउदो महाधिवेशन २६ जुलाई २०१९ मा गर्ने तय भएको थियो तर उक्त दिनमै एनसिसि बहराइनको पनि राष्ट्रिय महाधिवेशन हुनगएकोले आइसिसीको निर्देशन बमोजिम ०२ अगस्ट २०१९ को दिन एनसिसी कुवेतको राष्ट्रिय महाधिवेशनको मिति तय गरिएको महासचिव हरि लावतीले जानकारी दिए।

उक्त दिन कुवेतका अन्य संघसंस्थाहरुले कुनै पनि कार्यक्रम नजुधाई सहयोग गरिदिनुहुन एनसिसि कुवेतले अनुरोध समेत गरेको छ भने पूर्व प्रकाशित पञ्जीकृत सदस्य शुल्क २ दिनार ५०० फिल्सबाट घटाई २ दिनार मात्रै तोकिएको जनाएको छ।

साथै छैटौ राष्ट्रिय महाधिवेशनको लागि परिषदका सल्हाकार शिव कोईरालाको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन समेत गरिएको जनाएको छ।उक्त निर्वाचन समितिमा जय आले मगर, आनन्द आचार्य, नैनकला राई र गणेश रावत सदस्य रहेको जनाईएको छ।

यो पनि पढ्नुहोस।

एनआरएनए कुवेतद्वारा नयाँ सदस्यता आवेदनका लागी आह्वान 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...