News Portal

माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको ८ औं महाधिवेशन आगामी ६ सेप्टेम्बरमा

हिमाली संचार संवाददाता
४३६ पटक

कुबेत, २५ मे : बिगत लामो समय देखी कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको ८औं ल महाधिवेशन आगामी सेप्टेम्बर महिनाको ६ तरिख गर्ने भएको जनाएको छ।

शुक्रवारका दिन कुवेतको फर्वानियास्थित, क्लब जगेर्नाकोष संयोजक शिवराम पौडेलको निवासमा बसेको क्लबको २१६ औं मासिक बैठकले केही महत्वपूर्ण बिषयमा छलफल गर्दै आगामी ६ सेप्टेम्बरमा महाधिवेशन गर्ने तय गरेको हो ।

कुवेतमा पुरानो तथा बिशेषगरी खेलकुद क्षेत्रलाइ अगाड़ी बढाउँदै बिभिन्न सामाजिक कार्यमा समेत सरिक हुदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबको आगामी अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाएको छ ।

क्लवका अनुसार, आगामी नेतृत्व अझ सशक्त रुपमा अगाडि बढ्दै आफ्नो कार्ययोजना सफल पार्ने छ । क्लवको नयाँ नेतृत्वको लागि कोको प्रतिस्पर्धामा छन त भन्ने सवालमा क्लवले भनेको छ, “कसैले प्रतिश्पर्धा गर्ने छैनन् जुन संस्था प्रति इमान्दार र स्वच्छ छवि भएको र संस्थालाई आत्मसात गर्दै अगाडि बढाउन सक्षम छ त्यस्तो ब्यक्तित्व नै नयाँ नेतृत्वमा सर्वसम्मत चयन गरीने छ। आठौं अधिवेशन सेप्टेम्बर ६ तारिख शुक्र्बार दिन कहाँ र कुन ठाँउमा गर्ने हो भन्ने क्लबले चाडै मिडिया मार्फत जानकारी दिने अध्यक्ष ईन्द्र पोखरेलले बताए।

साथै उक्त अधिबेशनलाई भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको अनुरोध गर्दै उक्त दिन कृयाशील संघ संस्था लागयत सम्पूर्णलाई कार्यक्रम नजुधाइ दिनु हुन आयोजक क्लबले अनुरोध समेत गरेको छ।

        तपशिल
समय : बिहान ११ बजेदेखि
मिति : ६ सेप्टेम्बर २०१९ शुक्रबार
स्थान : हल तयनभएको (हलको खोजीमा)
आयोजक : माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाडौं-कुवेत।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...