News Portal

माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको ८ औं महाधिवेशन आगामी ६ सेप्टेम्बरमा

हिमाली संचार संवाददाता
४८२ पटक

कुबेत, २५ मे : बिगत लामो समय देखी कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको ८औं ल महाधिवेशन आगामी सेप्टेम्बर महिनाको ६ तरिख गर्ने भएको जनाएको छ।

शुक्रवारका दिन कुवेतको फर्वानियास्थित, क्लब जगेर्नाकोष संयोजक शिवराम पौडेलको निवासमा बसेको क्लबको २१६ औं मासिक बैठकले केही महत्वपूर्ण बिषयमा छलफल गर्दै आगामी ६ सेप्टेम्बरमा महाधिवेशन गर्ने तय गरेको हो ।

कुवेतमा पुरानो तथा बिशेषगरी खेलकुद क्षेत्रलाइ अगाड़ी बढाउँदै बिभिन्न सामाजिक कार्यमा समेत सरिक हुदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबको आगामी अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाएको छ ।

क्लवका अनुसार, आगामी नेतृत्व अझ सशक्त रुपमा अगाडि बढ्दै आफ्नो कार्ययोजना सफल पार्ने छ । क्लवको नयाँ नेतृत्वको लागि कोको प्रतिस्पर्धामा छन त भन्ने सवालमा क्लवले भनेको छ, “कसैले प्रतिश्पर्धा गर्ने छैनन् जुन संस्था प्रति इमान्दार र स्वच्छ छवि भएको र संस्थालाई आत्मसात गर्दै अगाडि बढाउन सक्षम छ त्यस्तो ब्यक्तित्व नै नयाँ नेतृत्वमा सर्वसम्मत चयन गरीने छ। आठौं अधिवेशन सेप्टेम्बर ६ तारिख शुक्र्बार दिन कहाँ र कुन ठाँउमा गर्ने हो भन्ने क्लबले चाडै मिडिया मार्फत जानकारी दिने अध्यक्ष ईन्द्र पोखरेलले बताए।

साथै उक्त अधिबेशनलाई भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको अनुरोध गर्दै उक्त दिन कृयाशील संघ संस्था लागयत सम्पूर्णलाई कार्यक्रम नजुधाइ दिनु हुन आयोजक क्लबले अनुरोध समेत गरेको छ।

        तपशिल
समय : बिहान ११ बजेदेखि
मिति : ६ सेप्टेम्बर २०१९ शुक्रबार
स्थान : हल तयनभएको (हलको खोजीमा)
आयोजक : माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाडौं-कुवेत।

प्रतिकृया दिनुहोस्

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...