News Portal

दर्शन सांगीतिक धमाका २०१९ मा पल शाह र प्रताप दास कुवेत आउँदै

हिमाली संचार संवाददाता
४८४ पटक

कुवेत, ११ मे : नायक पल शाह र गायक प्रताप दास कुवेत आउने भएका छन् । दर्शन ठकुरी समाज कुवेतले मनाउन लागेको पाँचौ बार्षिक उत्सवका लागी नायक शाह र गायक दास कुवेत आउने भएका हुन् ।

दर्शन ठकुरी समाज कुवेतले आफ्नो पाँचौं वार्षिक उत्सवको अवसरमा “दर्शन सांगीतिक धमाका २०१९” कार्यक्रमको आयोजना गरी चर्चित नायक पल शाह र नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासका साथ वार्षिक उत्सव मनाउने भएको हो।

अतिथि कलाकारका साथ मनाईने पाँचौं वार्षिक उत्सवको तयारी तिब्र रुपमा भयको समाजका अध्यक्ष एल बी हमाल ठकुरीलाई उदृढ गर्दै पत्रकार माधब शाहीले खबर पठाइएका छन।

आउँदो जुन ७ तारिख शुक्रवार हुने “पाँचौं वार्षिक उत्सव तथा दर्शन सांगीतिक धमाका २०१९” तयारीमा लागेको कार्यक्रम संयोजक शिब शाही ठकुरीले बताए। अतिथि कलाकार चर्चित नायक पल शाह र गायक प्रताप दासको साथ मनाउने वार्षिक उत्सव बिल्कुलै फरक खालको हुने र त्यसै अनुसारको तयारी भइरहेको संस्थाका सम्रक्षक बि.बि मल्ल ठकुरीले जानकारी दिए ।

कार्यक्रम भब्यरुपमा हुने भयकोले कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागी समाजका अध्यक्ष हमालले अनुरोध समेत गरेका छन् ।

        तपशिल :

स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल जिलिब
मिति : ७ जुन २०१९ शुक्रबार
समय : १२ बजे

कार्यक्रम बारे जानकारी :
– ६६६४४५०९,
– ६००६७५७२,
– ६९९२५६९३

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...