News Portal

दर्शन सांगीतिक धमाका २०१९ मा पल शाह र प्रताप दास कुवेत आउँदै

हिमाली संचार संवाददाता
४२७ पटक

कुवेत, ११ मे : नायक पल शाह र गायक प्रताप दास कुवेत आउने भएका छन् । दर्शन ठकुरी समाज कुवेतले मनाउन लागेको पाँचौ बार्षिक उत्सवका लागी नायक शाह र गायक दास कुवेत आउने भएका हुन् ।

दर्शन ठकुरी समाज कुवेतले आफ्नो पाँचौं वार्षिक उत्सवको अवसरमा “दर्शन सांगीतिक धमाका २०१९” कार्यक्रमको आयोजना गरी चर्चित नायक पल शाह र नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासका साथ वार्षिक उत्सव मनाउने भएको हो।

अतिथि कलाकारका साथ मनाईने पाँचौं वार्षिक उत्सवको तयारी तिब्र रुपमा भयको समाजका अध्यक्ष एल बी हमाल ठकुरीलाई उदृढ गर्दै पत्रकार माधब शाहीले खबर पठाइएका छन।

आउँदो जुन ७ तारिख शुक्रवार हुने “पाँचौं वार्षिक उत्सव तथा दर्शन सांगीतिक धमाका २०१९” तयारीमा लागेको कार्यक्रम संयोजक शिब शाही ठकुरीले बताए। अतिथि कलाकार चर्चित नायक पल शाह र गायक प्रताप दासको साथ मनाउने वार्षिक उत्सव बिल्कुलै फरक खालको हुने र त्यसै अनुसारको तयारी भइरहेको संस्थाका सम्रक्षक बि.बि मल्ल ठकुरीले जानकारी दिए ।

कार्यक्रम भब्यरुपमा हुने भयकोले कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागी समाजका अध्यक्ष हमालले अनुरोध समेत गरेका छन् ।

        तपशिल :

स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल जिलिब
मिति : ७ जुन २०१९ शुक्रबार
समय : १२ बजे

कार्यक्रम बारे जानकारी :
– ६६६४४५०९,
– ६००६७५७२,
– ६९९२५६९३

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...