News Portal

युएईमा संयुक्त रुपमा उभौली साकेला चाड मनाइदै

हिमाली संचार संवाददाता
४५४ पटक

युएई, २४ मे : आउँदो ७ जुनमा आबुधाबी स्थित मुसाफा पार्कमा किरातीहरुको महान चाड उभौली साकेला मनाउने तयारी गरिएको छ। युएईमा बस्दै आएका किरातीहरुले बि.सं.२०७६ (येलेदुङ ५०७९) उभौली साकेला मनाउने भएका हुन् । किरात राई यायोक्खा शाखा युएई र सुनुवार सेवा समाज युएईको संयुक्त आयोजन र किरात राई यायोक्खा क्षेत्रीय कार्यसमिति आबुधाबी, किरात राई यायोक्खा क्षेत्रीय कार्यसमिति अल ऐनको सह आयोजमा उभौली कार्यक्रम हुन लागेको हो ।

किरातीहरुले बैशाख शुक्ल पुर्णिमालाई शुभ मानी उभौली साकेला मनाउने गर्दछन् भने मंसिर शुक्ल पुर्णिमामा उधौली साकेला मनाउने गर्दछन् । नेपालमा बैशाख पुर्णिमाको दिन मनाउने गरिए पनि बिदेशमा रहेका किरातीहरुले भने बैशाख पुर्णिमा पछि मात्र मनाउने गरेका छन् । यसैगरी युएईको सातौँ स्टेटमा रहेका किरातीहरुले आफ्नो पेसागत समयलाई समेटेर ७ जुनमा मनाउने भएका छन् ।

किरातीहरु इतिहास कालखण्डबाटै प्रकृतिपुजक हुन् । किराती आदिम पुर्खा सुम्निमा, पारुहाङ हुन् भने सुम्निमा नाकराजको छोरी हुन् । परुहाङ किराँतेश्वर राजाका छोरा तथा तायादिन काल उनीहरुले नै खेतीपाती लगाउन सुरु गरेका थिए भन्ने भनाइ छ । हरेक बर्षको उभौली तथा उधौली साकेला पुज्ने गरिन्छ ।

चोखो ठाउँको रुखको मुनि वरिपरि पर्खाल लगाएर बनाएको भुमे स्थलमा साकेला मनाउने गर्दछन् । साकेला गर्दा किराती मुन्दुमी कुल कुबि ( नक्छो) र जेष्ठ नागरिक पुर्खा र चार ढोले (सिल्लिपा) चार मसुने (सिल्लिमा) हुनुपर्ने हुन्छ । कुल मुन्दुमी नक्छोले आफ्नो घरको कुललाई देवी–देवतालाई मुन्दुम बखानलाई घरको तीन चुलालाई बल माग्ने गरिन्छ ।

साकेला गर्दा चाहिने सामग्रीमा चोखो अदुवा, चामल, धुप, सुगुर, कुखुराको भाले, एक आन्डा, चिन्डोमा चोखो रक्सी चाहिन्छ । मुन्दुमी नक्छोले लगाउने बस्त्र दाउरा सुलवाल जस्तै बनावटको हुन्छ। खाडीको कपडा, दुम्सीको काँडा र सुनाखरी बाट बनेको सिलातकोमा, पगरी, मयुरको प्वाँख, रुद्राक्ष माला, सर्पको हाडको माला, घन्टी, फुर्के, बिसुर्लिम, सेउली, धनुकाँण, ढोल, झ्याम्टा, फलामबाट बनेको तिर्शुल, तरवार, खुर्पा आदी सामग्री चाहिन्छ ।

नक्छोको घर आँगनमा एउटा सेउलीको किला गाडेको हुन्छ । जसमा ४ मसुमे आफ्नो साँस्कृतिक भेषभूषाको पहिरनमा झ्याम्टा बजाई वरिपरि घेरा लगाएर चासुम्म सिल्ली (बिउ छर्ने सिल्ली) गर्दछन् भने घरभित्र नक्छो ,ढोले तीन चोला लाई ढोल झ्याम्टा बजाई चिन्डोको रक्सीले छर्की मुन्दुम भन्दै साकेला सिल्ली गर्दछन्।

साकेला पुर्णिमा देखि पञ्चमी सम्म चल्ने गर्छ । उभौली साकेला मानाउनुको अर्थ बालीनालीको बिउ छर्ने समय भएका हुनाले राम्रो सँग फलोस् फूलोस र मानव प्राणीहरु सदा बाँची रहुन् भनी मुन्दुमी नक्छोले अदुवाबाट यारी हान्ने गर्छ । गाउँघरतिर साकेला स्थलमा मुन्दुमी कुलकुबिको घरबाट केही टाढा खेतमा नजिक रहेको हुन्छ भने (काठमाडौं) लालितपुरमा हात्तिबनस्थित साकेला थान रहेको छ।

यसैगरी युएईमा छरिएर रहेका किरातीहरुले भने आफू बसेको ठाउँको सबै किराती समेट्दै पायक पर्ने पार्कमा जम्मा भएर उधौली र उभौली साकेला मनाउदै आएका छन् । युएईमा रहेका विभिन्न संघ संस्थाका किराती तथा गैर किराँतीहरुलाई उभौलीमा चुले निम्तो दिँदै राजदूतावास र नेपाल आदिवासी जनजाति महासंघ युएईको समेत उपस्थित रहने उपाध्यक्ष बिजयलक्ष्मी राईले बताइन् । उनका अनुसार यो आउँदो ७ जुन अर्थात उभौलीका लागि चुले निम्तो बाँड्ने क्रम जारी रहेको बताएका छ्न।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...