News Portal

कुवेतमा २५६३ औं बुद्ध जयन्ती भब्यरुपमा मनाइयो

हिमाली संचार संवाददाता
५८५ पटक

कुवेत -कुबेत नेपाल तामाङ घेदुङ कुवेत द्वारा आयोजित २५६३औं बुद्ध जयन्ती को अवसरमा शान्ती पुजा पाठ तथा प्रबचन २०१९ कार्यक्रम होजो मिती १७ मे २०१९ शुक्रबार का दिन कुबेतको फर्वानिया स्थित युनिक अडिटोरिय हलमा शान्तिको कामना गर्दै  मनाइयो l

भगवान गौतम बुद्धको २५६३औं बुद्ध जयन्ती देशका विभिन्न स्थानमा बुद्धको मूर्ति र अस्थि धातुसहित प्रभातफेरी एवम् शोभायात्रा को साथ मनाइएको छ ।

कुबेत मा पनि नेपाल तमाङ घेदुङ, कुवेत ले स्थापना काल देखी नै आफ्नो मौलिक परम्परा, भाषा-संस्कृति, भेषभूषा र रीतिरीवाजलाई जगेर्ना गर्दै प्रबासमा कृयाशिल अन्य नेपाली समाजसँगको आपसी भाईचारालाई हातेमालो गर्दै सान्तीका दुत भगवान गौतम बुद्धको जन्म जयन्ती लाई एक समावेशी ढंगबाट शान्तिको कामना गर्दै २५५७ औं बुद्ध जयन्ती मनाइएको छ।

कुबेत को फर्वानिया स्थित युनिक अडिटोरिय हलमा सम्पन्न २५६३ बुद्ध जयान्ती घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबा तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रम मा नेपाली राजदुतावास कुवेतका मिनष्टर काउन्सीलर : प्रकाश मनि पौडेल,प्रमुख रहेका थिए।

कुवेतमा क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी,खेलाडी, कलाकार, ब्यबसायी, समाजसेवी लगायत उल्लेख्य संख्यामा कुवेतबासि नेपालीहरुको उपस्थिती रहेको थियो ।

घेदुङ कुवेतका महासचिव कृष्णबहादुर तामाङ ले कार्यक्रम सञ्चालन गरेका थिए ।

सभापति, प्रमुख अतिथी,अतिथीहरु ले संयुक्तरुपमा द्दिप प्रज्वलन र केक काटेर कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो। भने कुबेत मा कृयाशिल नेपाली संघँ सस्थाको प्रमुख तथा प्रतिनिधिहरु र पत्रकारहरु अतिथीको रुपमा उपस्थित रहेका थियो। २५६३ बुद्ध जयान्ती कार्यक्रम लाई नेपाल घेदुङ कुवेतका सल्लाहकार,आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङ, ले स्वागत मन्तव्य द्वारा उपस्थितलाई स्वागत गरेका थिए ।

भने बुद्ध को बारेमा धर्म गुरु ले प्रष्ट पारेका थिए। अति नै रमाईलो बातावरणमा समपन्न कार्यक्रममा सम्पूर्ण उपस्थित दर्सकहरुलाई फल फुल,सेल रोटी पानी र जुसको ब्यबस्था घेदुङ कुवेतले उपलब्ध गराएको थियो । भने २५६३ बुद्ध जयान्ती गौतम बुद्धमुर्ती लाई पूजा गरी लामागुरु को हातबाट टिका आशिर्वाद लिदै पुजाको प्रषाद गर्नु ग्रहण भएको थियो ।

कार्यक्रमा कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदुतावास कुवेतका मिनष्टर काउन्सीलर : प्रकाश मनि पौडेल, घेदुङ कुवेतका सल्लाहकार राजेन्द्र तमाङ, गैर आवसीय नेपाली संघ कुवेतकी कार्यवाहक अध्यक्ष सुमित्रा पौडेल, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामांग,किरात राई यायोक्खा शाखा कुवेतका अध्यक्ष मन्जित राई, नेपाली प्रवासी टयाक्सी ब्यवासायी संग
कुवेतका अध्यक्ष सुन बहादुर तामाङ,पत्रकार हरी बाँनिया ,नेपाल–कुवेत सरोकार समाज कुवेतका अध्यक्ष राम तमाङ, जन-जागृति युवा समाज, कुवेतका अध्यक्ष टिका राम आचार्य,नेपाली जनसम्पर्क समिति कुवैतका उप सभापती- माधव शर्मा,ले २५६३ औ बुद्द जयन्ती को शुभकामना मन्तब्य ब्याक्त गर्नु भएको थियो ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष सुरेश ग्याबा तामाङ ले कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने कुवेतमा कृयाशिल संघ संस्थाहरुको प्रतिनिधि ज्युहरु, बुद्धिजीवी, समाजसेवी, खेलाडी, पत्रकार, कलाकार, राजनीतिज्ञ र कार्यक्रममा उपस्थिति जनाउनु हुने सम्पूर्ण कुवेतवासी दिदिबहिनी तथा दाजुभाइहरु लाई हृदय देखि हार्दिक धन्यवाद को साथमा आभार प्रकट गर्नु भएको थियो।

अन्त्यमा आफ्नो सस्कृति झल्किने नृत्य र गीत हरु प्रस्तुत गरि भरपुर मनोरंजन साथ कार्यक्रम रात को १२ बजे सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

झापाका क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

झापा -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानी आक्रमण

कुवेत – पेट्रोलियम कर्पोरेशनले संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहस्थित मुरिङ क्षेत्रमा लंगर लगाएर बसेको अवस्थामा...

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...