News Portal

नेपाली जनएकता सेवा समाज कुवेतले वार्षिकोत्सव तथा अधिवेशनको साथमा सांस्कृत्तिक कार्यक्रम गर्ने

हिमाली संचार संवाददाता
५३१ पटक

कुवेत, १७ मे : “एकता नै हाम्रो चाहाना, सेवा नै धर्म हो” भन्ने मुलनाराका साथ सन् २०१५ मा स्थापना भएको नेपाली जनएकता सेवा समाजले चौंथो वार्षिकोत्सव तथा अधिवेशनको साथमा सांस्कृत्तिक कार्यक्रम भव्यरुपमा गर्ने तयारी गरिरहेको संस्थाका महासचिव डिबी भुसालले जानाकारी दिनुभएको छ।

यस संस्थाले मुलत:पिडितहरुलाई सहयोग गर्दै कुवेतमा क्रियाशिल संस्थाहरुसँग हातेमालो पनि गर्दै अाएको छ। संस्थाले प्रत्येक वर्ष रमादानको अन्तिम दिन (इदको दिन)कार्यक्रम गर्दै अाएको छ र यसपाली पनि त्यसैलाई नै निरन्तरता दिंदै कार्यक्रमको अायोजना गरेको कुरा संस्थाका अध्यक्ष मुक्त बहादुर विश्वकर्माले बताउनुभएको छ ।

अगाडी भन्नुभयो उक्त दिन संस्थाको वार्षिकोत्सव तथा अधिवेशनको साथमा पञ्चेवाजा सहित स्थानिय कलाकारहरुको वेजोड प्रस्तुती रहने कार्यक्रममा कुवेतमा क्रियाशिल संघसंस्थाका प्रतिनिधीज्युहरु, बुद्धिजिवी, समाजसेवी, पत्रकार, कलाकारहरुलाई पत्रचार गरिरहेकाछौं कारणवश प्राप्त हुन नसकेको खण्डमा यसै सुचनालाई अाधार मानी उपस्थित भइदिनुहुको लागी अनुरोध गर्नुभएको छ।

साथै कार्यक्रमलाई भव्यरुपमा सफल बनाउन कुवेतमा रहनुभएका अाम नेपाली जनसमुदायहरुलाई पनि उपस्थित भइदिनको लागी अनुरोध समेत गर्नुभएको छ।

कार्यक्रमको विस्तृत जानाकारीका लागि :

स्थान : ब्लक १ रोड नं.१२४ विल्डिङ नं.१४ फर्वानियाँ
मिति : रमादानको अन्तिम दिन(इदको दिन)
समय : बिहान ठिक १० वजे

सम्पर्क नम्वरहरु:
55268903/97224908/66183131

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...