News Portal

नेपाली कामदार कसरी लैजाने ? वैकिल्पक उपाय खोज्दै मलेसिया सरकार

६६९ पटक

क्वालालम्पुर – मलेसियाको मानव संशाधन विकास मन्त्रालयले भिसा प्रक्रियामा नेपाली कामदार ठगिएकोबारे नेपाल सरकारले उठाएको विषयलाई गम्भीर रुपमा लिएको बताएको छ ।

मलेसियास्थित नेपाली दूतावास र त्यहाँको मानव संशाधन मन्त्रालयका उच्च अधिकारीबीच भएको छलफलमा कामदारमाथि लगाइएको अतिरिक्त शुल्क हटाउने गरी तयारी भइरहेको जानकारी दिइएको छ ।

कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलसँग भएको छलफलमा मलेसियाको मानव संशाधन विकास मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख तथा सहसचिव बसाह बिन बचिकले भएको छलफलमा नेपालले उठाएको सवालमा आफूहरुलाई जानकार रहेको बताएका छन् । साथै समस्या समाधानका लागि सरकारी स्तरमा छलफल तीव्र पारिएको जानकारी दिएका छन् ।

‘भोलि पनि मलेसियाको गृह र मानव संशाधन विकास मन्त्रालय छलफलमा बस्दैछन् । केही चरणको छलफलपछि नेपालले उठाएका मुद्दामा के गर्ने भन्ने विषयमा निश्कर्षमा पुग्ने जानकारी दिइएको छ,’ खरेलले अनलाइनखबरलाई भने, ‘दुई मन्त्रालयका कर्मचारीहरूले गर्ने सिफारिसमा आधारमा मन्त्री तहमा छलफल भएर निकास निस्कन्छ । यसका लागि केही समय लाग्ने देखिन्छ ।’

भेटवार्तामा क्रममा मलेसियाली पक्षले हालका लागि कामदार आउने प्रक्रिया खुला गर्न अनुरोध गरेको छ । तर, नेपाली पक्षले अवैधानिक रुपमा खडा गरिएका संयन्त्रमार्फत महंगो भिसा प्रक्रिया पुुरा गरेर कामदार नपठाउने स्पष्ट जवाफ दिएको छ ।

मलेसियाली पक्षले अस्थायी रुपमा दूतावासमार्फत ७ सय रुपैयाँ सेवा शुल्कमै भिसा प्रक्रिया पुरा गर्ने गरी कुनै समाधान खोज्न छलफल भइरहेको जानकारी दिएको छ । ‘मलेसियाको विदेशी कामदार व्यवस्थापन प्रणाली नै परिवर्तन गर्न केही समय लाग्छ । त्यसैले नेपालबाट कामदार लैजाने वातावरण बनाउन अस्थायी विकल्प दिन छलफल भइरहेको थाहा भएको छ’ कार्याबाहक राजदूत खरेलले भने ।

मलेसियाले एकपक्षीय रुपमा विभिन्न संयन्त्र खडा गरी भिसा प्रक्रियामा कामदारलाई ठगेको भन्दै श्रमिक पठाउने प्रक्रिया बन्द गरेको २ महिना पुग्न लागेको छ । नेपालले कामदार पडाउनै रोक लगाएपछि मलेसिया सरकारले नेपाली पक्षले उठाएका मुद्दामा चासो देखाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ३ गतेको राशिफल

आज वैशाख ३, २०८३ ( अप्रिल १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

राजनीति जब निर्ममतामा उत्रीन्छ

– कमला थापा २०८३ वैशाख २ गते। पुराना राजनैतिक दलहरु फाल्गुन २१ को निर्वाचन पछि...

ताजपुरिया र राजवंशी समुदायले मनाए सिरुवा पर्व

रबिन्द्र बराल मोरङ, -रतुवामाई नगरपालिका–३ स्थित हनुमान चोक नजिक ताजपुरिया र राजवंशी समुदायले आफ्नो परम्परागत...

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...