News Portal

कांग्रेसको अन्तर्राष्ट्रिय जागरण अभियानमा जनसम्पर्क समिति कुवेतले हातेमालो गर्दै, नयाँ सदस्यता पनि दिइने

हिमाली संचार संवाददाता
६९४ पटक

कुवेत, ११ मे : नेपाली कांग्रेसको वैदेशिक भातृ संघगठन नेपाली जनसम्पर्क समिति कुवेतले अन्तर्राष्ट्रिय जागरण अभियान संचालन गर्ने भएको छ । शुक्रबार कुवेतस्थित फर्वानिया पार्कमा समितिको मासिक बैठकमा सभापति कल्याण कुमार श्रेष्ठको सभापतित्वमा उक्त विषयमा छलफल गरी सो जागरण अभियान संचालन गर्ने निर्णय गरीएको छ।

पार्टी केन्द्रिय कार्यालयको निर्देशनानुसार सो जागरण अभियान संचालन गर्न लागिएको हो। स्वदेशसँगै विदेशका ३३ देशमा यो अभियानलाई यथासिघ्र संचालनमा ल्याउन लागिएको छ। हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत रहेर राष्ट्रिय राजनीतिका पछिल्ला सन्दर्भबारे पार्टीको धारणा सार्वजनिक गरिएको थियोे।

कांग्रेसको जागरण गीत हेर्नुहोस।

https://www.facebook.com/janasamparkasamitikuwait/videos/442692576298078

नेपाली कांग्रेसले संचालन गरिरेको अन्तर्राष्ट्रिय जागरण अभियानलाई सफल पार्नको लागि कुवेतमा रहनु भएका नेपाली कांग्रेस (रास्ट्रीयता, समाजबाद, लोकतन्त्र र प्रजातान्त्रिक पद्धति)मा आस्था राख्नुहुने सम्पुर्ण नेपालीहरुलाई यस अभियानमा सहभागी भइदिनको लागि जनसम्पर्क समिति कुवेतले अनुरोध समेत गरेको छ।

साथै सो अभियान सँगसँगै नेपाली कांग्रेसको नयाँ सदस्यता लिन चाहने नेपाली कांग्रेससँग आस्थाबान नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई समितिले सदस्यता प्रदान समेत गर्ने बताएको छ।

कुवेतमा सम्पर्कका लागि :

कृष्णबहादुर तामाङ – ५१३३०५७७

राजेन्द्र बिरही – ६७७४९३६१
(Imo, Whatsapp, Viber)

कृष्ण पौडेल – ६६२१२३०९

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...