News Portal

कांग्रेसको अन्तर्राष्ट्रिय जागरण अभियानमा जनसम्पर्क समिति कुवेतले हातेमालो गर्दै, नयाँ सदस्यता पनि दिइने

हिमाली संचार संवाददाता
६३६ पटक

कुवेत, ११ मे : नेपाली कांग्रेसको वैदेशिक भातृ संघगठन नेपाली जनसम्पर्क समिति कुवेतले अन्तर्राष्ट्रिय जागरण अभियान संचालन गर्ने भएको छ । शुक्रबार कुवेतस्थित फर्वानिया पार्कमा समितिको मासिक बैठकमा सभापति कल्याण कुमार श्रेष्ठको सभापतित्वमा उक्त विषयमा छलफल गरी सो जागरण अभियान संचालन गर्ने निर्णय गरीएको छ।

पार्टी केन्द्रिय कार्यालयको निर्देशनानुसार सो जागरण अभियान संचालन गर्न लागिएको हो। स्वदेशसँगै विदेशका ३३ देशमा यो अभियानलाई यथासिघ्र संचालनमा ल्याउन लागिएको छ। हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत रहेर राष्ट्रिय राजनीतिका पछिल्ला सन्दर्भबारे पार्टीको धारणा सार्वजनिक गरिएको थियोे।

कांग्रेसको जागरण गीत हेर्नुहोस।

https://www.facebook.com/janasamparkasamitikuwait/videos/442692576298078

नेपाली कांग्रेसले संचालन गरिरेको अन्तर्राष्ट्रिय जागरण अभियानलाई सफल पार्नको लागि कुवेतमा रहनु भएका नेपाली कांग्रेस (रास्ट्रीयता, समाजबाद, लोकतन्त्र र प्रजातान्त्रिक पद्धति)मा आस्था राख्नुहुने सम्पुर्ण नेपालीहरुलाई यस अभियानमा सहभागी भइदिनको लागि जनसम्पर्क समिति कुवेतले अनुरोध समेत गरेको छ।

साथै सो अभियान सँगसँगै नेपाली कांग्रेसको नयाँ सदस्यता लिन चाहने नेपाली कांग्रेससँग आस्थाबान नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई समितिले सदस्यता प्रदान समेत गर्ने बताएको छ।

कुवेतमा सम्पर्कका लागि :

कृष्णबहादुर तामाङ – ५१३३०५७७

राजेन्द्र बिरही – ६७७४९३६१
(Imo, Whatsapp, Viber)

कृष्ण पौडेल – ६६२१२३०९

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...