News Portal

कर्णाली प्रदेश प्राप्तिका लागि आन्दोलनमा घाईते भएकाहरुलाई ईनसेक सुर्खेतद्वारा सहयोग प्रदान

हिमाली संचार संवाददाता
५१५ पटक

सुर्खेत, २४ वैशाख : अनौपचारिक क्षेत्र सेवा केन्द्र ईनसेक सुर्खेतले आन्दोलनका घाईतेहरुलाई यातायात तथा समन्वयात्मक खर्च प्रदान गरेको छ । सोमबार कार्यालयले कर्णाली प्रदेश प्राप्तिका लागि सुर्खेतमा भएको आन्दोलनका क्रममा घाईते भएका ३ जनालाई १०/१० हजार रुपैयाँ नगद सहयोग गरेको छ ।

आन्दोलनका क्रमा गोली लागेर घाईते भएका अनिष पन्त, नरबहादुर पुरी र रामबहादुर श्रेष्ठलाई नगद सहयोग गरेको हो । आन्दोलनका क्रममा गोली लागेका उनीहरुले हवाईजहाज चार्टर गरेर उपचारका लागि काठमाडौं गएका थिए । त्यसक्रममा लागेको खर्च सरकारबाट उनीहरुले पाएका छैनन् ।

यातायात खर्च पाउन बारम्बार काठमाडौं जाँदा थप खर्च हुने गरेकोले उनीहरुलाई सहयोगस्वरुप यातायात तथा समन्वयात्म खर्चका रुपमा रकम प्रदान गरिएको ईनसेक सुर्खेतका संयोजक नारायण सुवेदीले बताए । ‘आफ्नो अधिकारका लागि खर्च गरिरहेकाहरुलाई हामीले पनि आफ्नो तर्फबाट सहयोग गरेका छौँ ।’ सुवेदीले भने ।

२०७२ साउन २५ गते प्रहरीको गोली लागेको अनिष, नरबहादुर र रामबहादुरले आफूले उपचार गराउन जाँदा लागेको खर्च माग गर्दै बारम्बार काठमाडौं जाँदा पनि नपाएपछि ईनसेक सुर्खेतमा २०७५ माघ १८ गते समन्वय गरिदिन भन्दै निवेदन दिएका थिए ।

निवदेनका आधारमा कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई ईन्सेकले पहल गरिदिन आग्रह गरेको थियो। अझसम्म पनि उनीहरुले पाउनुपर्ने यातायात खर्च पाउन नसकेकाले ईनसेकका तर्फबाट यातायात खर्चस्वरुप सहयोग गरेको सुवेदीले बताए । उनीहरुको यातायात खर्च उपलब्ध गराउन ईनसेकले पहल गरिरहेको उनले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...