News Portal

चितवनका मृगौला पीडित बास्तोलालाई मकाउबाट आर्थिक सहयोग

हिमाली संचार संवाददाता
५१४ पटक
सन्जिब कोयी राई

चितवन : कालिका नगरपालिका वडा न.८ का दुवै मृगौला पिडित भुवन बास्तोलाको आर्थिक अबस्था अत्यन्तै नाजुक रहेको हुनाले उनको थप उपचारको लागि समस्या हुदै आईरहेको हुनाले नेपाल रेडक्रस सोसाइटी उपशाखाका संस्थापक सदस्य तथा पूर्ब कोषाध्यक्ष, समाजसेवी, कालिका नगरपालिका वडा न.८ का कृष्ण बहादुर अधिकारीको पहलमा एवम् कालिका न.पा.वडा न.७ निवासी नारायण थापा, हरी फुयालको सक्रियता र मकाउमा कार्यरत नेपालीहरुबाट संकलित सहयोग रकम कृष्ण बहादुर अधिकारीको धर्मपत्नी श्रीमती राधा अधिकारीले ५० हजार हस्तांतरण गर्नु भएको थियो।

उक्त कार्यक्रममा कालिका नगरपालिकाका नगरप्रमुख खुम नारयण श्रेष्ठबाट ५ हजार, कालिका न.पा.-९ का वडा सदस्य श्री वकिल पुरीबाट २ हजार गरी एक मुष्ट ५७ हजार मृगौला पिडितको परिवारलाई सहयोग हस्तान्तरण गरीएको छ।

एक औपचारिक कार्यक्रमको आयोजना गरेर उक्त उपशाखाको सभापति दीपक कुमार खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख खुम नारायण श्रेष्ठको प्रमुख आतिथ्यता, प्रदेश नं. ३ कमिटी सदस्य श्रीरामध्वज डल्लाकोटी, कालिका न.पा. वडा ८ र ९ द्वय वडाअध्यक्ष र राधा अधिकारी लगायतका च.मा.बि. साथै आधारभुत बिध्यालयका प्र.अ.पूर्ण पुरी, लिला बहादुर श्रेष्ठ लगायतको उपस्थिति माँझ उक्त सहयोग रकम हस्तांतरण गरिएको हो।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...