News Portal

चितवनका मृगौला पीडित बास्तोलालाई मकाउबाट आर्थिक सहयोग

हिमाली संचार संवाददाता
४५८ पटक
सन्जिब कोयी राई

चितवन : कालिका नगरपालिका वडा न.८ का दुवै मृगौला पिडित भुवन बास्तोलाको आर्थिक अबस्था अत्यन्तै नाजुक रहेको हुनाले उनको थप उपचारको लागि समस्या हुदै आईरहेको हुनाले नेपाल रेडक्रस सोसाइटी उपशाखाका संस्थापक सदस्य तथा पूर्ब कोषाध्यक्ष, समाजसेवी, कालिका नगरपालिका वडा न.८ का कृष्ण बहादुर अधिकारीको पहलमा एवम् कालिका न.पा.वडा न.७ निवासी नारायण थापा, हरी फुयालको सक्रियता र मकाउमा कार्यरत नेपालीहरुबाट संकलित सहयोग रकम कृष्ण बहादुर अधिकारीको धर्मपत्नी श्रीमती राधा अधिकारीले ५० हजार हस्तांतरण गर्नु भएको थियो।

उक्त कार्यक्रममा कालिका नगरपालिकाका नगरप्रमुख खुम नारयण श्रेष्ठबाट ५ हजार, कालिका न.पा.-९ का वडा सदस्य श्री वकिल पुरीबाट २ हजार गरी एक मुष्ट ५७ हजार मृगौला पिडितको परिवारलाई सहयोग हस्तान्तरण गरीएको छ।

एक औपचारिक कार्यक्रमको आयोजना गरेर उक्त उपशाखाको सभापति दीपक कुमार खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख खुम नारायण श्रेष्ठको प्रमुख आतिथ्यता, प्रदेश नं. ३ कमिटी सदस्य श्रीरामध्वज डल्लाकोटी, कालिका न.पा. वडा ८ र ९ द्वय वडाअध्यक्ष र राधा अधिकारी लगायतका च.मा.बि. साथै आधारभुत बिध्यालयका प्र.अ.पूर्ण पुरी, लिला बहादुर श्रेष्ठ लगायतको उपस्थिति माँझ उक्त सहयोग रकम हस्तांतरण गरिएको हो।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...