News Portal

  • दोस्रो मेयरकप टि–२० क्रिकेटमा मास्टर्स–११ र बुम एमसीसी क्लब विजयी

    हिमाली संचार संवाददाता
    ४३८ पटक

    वैशाख, २० बुटवल : भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी दोस्रो मेयरकप टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा मास्टर्स–११ क्रिकेट क्लब र बुम एमसीसी क्रिकेट क्लब विजयी भएका छन् । मास्टर्स–११ ले लर्डबुद्ध क्रिकेट क्लबलाई ३८ रन तथा बुम एमसीसीले बुद्ध क्रिकेट क्लबलाई ९ विकेटले पराजित गरेको हो ।

    टस हारेर ब्याटिङ गरेको मास्टर्स–११ ले निर्धारित खेलमा ७ विकेट क्षतिमा १ सय ९१ रन जोड्यो । जसमा ४२ बलको सामना गरेका जितेन्द्र साहनीले ७ चौका र ३ छक्काको मद्दतमा ७६ रन जोडे । दित्य त्रिपाठीले २८ र आशिष भण्डारीले १९ रन बनाए ।

    बलिङमा लर्डबुद्धका सुलभ ढुंगानाले ३, अरुण चौधरी र आकाश थापाले १–१ विकेट लिए । जवाफमा लर्डबुद्धले ८ विकेट क्षतिमा १ सय ५३ रन मात्रै बनायो । उसका लागि दीपचन शर्माले ३९, अरुण चौधरीले २९ र शैलेन्द्र यादवले २० रन बनाए । बलिङमा म्यान अफ द म्याच समेत रहेका मास्टर्स–११ का जितेन्द्र सहानीले ३ तथा विमल केसीले २ विकेट लिए ।

    अर्को खेलमा टस जितेर ब्याटिङ गरेको बुद्धले १५.४ ओभरमा सबै विकेट गुमाई ९१ रन मात्रै बनायो । उसका लागि सलिम अलीले ४१ तथा समिर हुसेनले १७ रन बनाए । बलिङमा बुम एमसीसीका राहुल कुमारले ३, रोशनलाल गुप्ता र विशाल मौर्यले २–२ विकेट लिए । जवाफी ब्याटिङ गरेकोबुम एमसीसीले ९.४ ओभरमा १ विकेट क्षतिमा ९३ रन बनाई जित निकाल्यो। उसका लागि अनिल जैसवारले नटआउट ४५, राहुल कुमारले नटआउट ३० रन बनाए ।

    बलिङमा बुद्धका अजय चौधरीले १ विकेट लिए । राहुल कुमार खेलमा म्यान अफ द म्याच भएको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए । शुक्रबार पहिलो खेल लुम्बिनी खुकरी क्रिकेट क्लब र बुम एमसीसी क्रिकेट क्लब तथा दोस्रो खेल तिरुपति क्रिकेट क्लब र मास्टर्स–११ क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

    सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा रुपन्देही क्रिकेट संघको समन्वयमा भएकाे प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले १० तथा बेष्ट बलर र बेष्ट ब्याट्सम्यानले ५–५ हजार एवं प्रत्येक दिनको म्यान अफ द म्याचले १–१ हजार प्राप्त गर्नेछन् । ८ क्लब सहभागी प्रतियोगिता वैशाख २५ गतेसम्म चल्नेछ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गंगाजमुना–३ मा धादिङ यातायात र ग्रामीण यातायातका गाडी सञ्चालनमा रोक

    धादिङ — धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिका वडा नं. ३ अन्तर्गत काठमाण्डौ–सातदोबाटे–गुम्दी–चिमचोक रुटमा सञ्चालन हुँदै आएको...

    पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिला कुवेत पठाउने संगठित गिरोह सक्रिय

    काठमाडौँ – पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिलालाई कुवेत पठाउने संगठित गिरोह सक्रिय रहेको तथ्य...

    पोखरामा २७औँ सडक महोत्सव : फेवाताल किनार रंगीन कार्यक्रमले सिँगारिने

    कास्की, मंसिर २८ – पोखराको लेकसाइड क्षेत्रमा पुस १३ देखि १७ गतेसम्म २७औँ पोखरा सडक...

    सरकारबाट संसद् कमजोर बनाउने प्रयास भइरहेको छ : सभामुख घिमिरे

    काठमाडौं, मंसिर २८ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारले संघीय संसद्लाई क्रमशः सीमित बनाउने प्रयास...

    समयमै निर्वाचन गराउनु सरकारको मूल कर्तव्य : राष्ट्रिय सभा अध्यक्ष दाहाल

    काठमाडौं, मंसिर २८ – राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले समयमै निष्पक्ष निर्वाचन सम्पन्न गर्नु सरकारको...