News Portal

हिनताबोध त्यागेर लक्ष्यमा जुट्न विद्यार्थीहरूलाई विनोद चौधरीको सुझाव

हिमाली संचार संवाददाता
३६१ पटक

काठमाडौं – चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले सफलताका लागि जीवनको लक्ष्य निर्धारण गर्न विद्यार्थीहरूलाई सुझाव दिएका छन् ।

आइतबार त्रिभूवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभागका करिब सात सय विद्यार्थीलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयबाट विदाई हुनु अगाडि नै आफ्नो भविष्यको गन्तव्य तय गर्न पनि उनीहरूलाई सुझाव दिए ।

‘आजको विश्व ३० बर्षभन्दा कम उमेरका युवाका लागि सबैभन्दा महत्वपूर्ण रहेको छ । सूचना प्रविधिका क्षेत्रमा जति पनि उपलब्धी हासिल भएका छन् सबै यहि उमेरका युवाहरुको देन छ’ अध्यक्ष चौधरीले भने, ‘यो हलमा रहनुभएका विद्यार्थीहरूका लागि यस्ता प्रशस्त अवसर छन् ।’

सफलताका लागि थ्रि एस अर्थात स्किल, स्केल र स्पिडको आवस्यकता पर्ने सुत्र दिँदै अध्यक्ष चौधरीले भने, ‘तपाईंहरूको विश्वविद्यालयको अध्ययन त्यहि स्किल हाँसिल गर्नका लागि हुनुपर्छ । यहाँ प्राप्त गरेको स्किललाई बृहत स्केलमा कार्यान्वयनमा ल्याउन सक्दा मात्रै सफल हुन सकिन्छ ।’

उनले भने, ‘आजको दुनियाँ रफ्तारमा दौडिरहेको छ । तपाईंको स्पिडमा दुनियाँ हिँड्ने छैन । त्यसैले तपाईंले दुनियाँको स्पिडमा हिँड्न सक्नुपर्छ ।’

विश्वका नाम चलेका विश्वविद्यालयमा पढ्दैमा मात्रै सफल भईने सोंच सहि नभएको बताउँदै उनले भने, ‘मैले पनि त्रिभूवन विश्वविद्यालय मातहतकै क्याम्पसमा अध्ययन गरेको हुँ । यदि त्यस्तो हुन्थ्यो भने म अर्बपति बन्न सम्भव थिएन ।’

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...