News Portal

  • हिनताबोध त्यागेर लक्ष्यमा जुट्न विद्यार्थीहरूलाई विनोद चौधरीको सुझाव

    हिमाली संचार संवाददाता
    ३३० पटक

    काठमाडौं – चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले सफलताका लागि जीवनको लक्ष्य निर्धारण गर्न विद्यार्थीहरूलाई सुझाव दिएका छन् ।

    आइतबार त्रिभूवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभागका करिब सात सय विद्यार्थीलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयबाट विदाई हुनु अगाडि नै आफ्नो भविष्यको गन्तव्य तय गर्न पनि उनीहरूलाई सुझाव दिए ।

    ‘आजको विश्व ३० बर्षभन्दा कम उमेरका युवाका लागि सबैभन्दा महत्वपूर्ण रहेको छ । सूचना प्रविधिका क्षेत्रमा जति पनि उपलब्धी हासिल भएका छन् सबै यहि उमेरका युवाहरुको देन छ’ अध्यक्ष चौधरीले भने, ‘यो हलमा रहनुभएका विद्यार्थीहरूका लागि यस्ता प्रशस्त अवसर छन् ।’

    सफलताका लागि थ्रि एस अर्थात स्किल, स्केल र स्पिडको आवस्यकता पर्ने सुत्र दिँदै अध्यक्ष चौधरीले भने, ‘तपाईंहरूको विश्वविद्यालयको अध्ययन त्यहि स्किल हाँसिल गर्नका लागि हुनुपर्छ । यहाँ प्राप्त गरेको स्किललाई बृहत स्केलमा कार्यान्वयनमा ल्याउन सक्दा मात्रै सफल हुन सकिन्छ ।’

    उनले भने, ‘आजको दुनियाँ रफ्तारमा दौडिरहेको छ । तपाईंको स्पिडमा दुनियाँ हिँड्ने छैन । त्यसैले तपाईंले दुनियाँको स्पिडमा हिँड्न सक्नुपर्छ ।’

    विश्वका नाम चलेका विश्वविद्यालयमा पढ्दैमा मात्रै सफल भईने सोंच सहि नभएको बताउँदै उनले भने, ‘मैले पनि त्रिभूवन विश्वविद्यालय मातहतकै क्याम्पसमा अध्ययन गरेको हुँ । यदि त्यस्तो हुन्थ्यो भने म अर्बपति बन्न सम्भव थिएन ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...

    ओलीको स्पष्टीकरण: ‘युथ भोलेन्टियर फोर्स’ शान्ति र सुव्यवस्थाका लागि हो

    काठमाडौं, मंसिर ५ – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले गठन गरेको ‘युथ भोलेन्टियर फोर्स’ देशमा...