News Portal

गणेशबाबा स्कुलका पुर्व विद्यार्थीले भने – राजापुरमा हामीले नगरे कसले गर्ने !

हिमाली संचार संवाददाता
८०२ पटक

नेपालगन्ज, १४ बैशाख : कुनै बेलामा पश्चिम नेपालमा प्रमुख बजार र हाट आउने बजार बर्दियाको राजापुर थियो । यो बजार नेपालगंज भन्दा पुरानो प्रमुख बजार रहेको इतिहासबिद्हरूको ठहर छ। नेपालको नया मुलुकको सुचिमा रहेको बाँके, बर्दिया, कैलाली, कन्चनपुरमा पनि बिकासको क्रम र मुलुकमै बिकासको क्रममा बर्दियामा र यो राजापुरमा शैक्षिक बिकासको पहिलो बोडिगं स्कुलको स्थापना रहेको नेपाली भाषी भारतको आसामका चन्द्रकान्त शर्माले संचालनमा ल्याएको श्री गणेश बाबा बोडीगं हाई स्कुल जो त्यो क्षेत्रमा कोसे ढुंगा साबित रहयो।

यहाँका स्थानियका साथै प्युठान, कालिकोट, जाजरकोट, मुगु, जुम्ला, हुम्ला, सुर्खेत, कैलाली, अछाम र बाँके सम्मका बिधार्थी होस्टेलमा राखी स्थानियहरु आबतजाबता गर्ने गरी दुई देखी तिन हजार बिधार्थीको सुनौलो भबिष्यको मार्ग चित्र गरि रहेको बेला शताब्दीअौ पछी मुलुकमा आएको गृहयुद्ध पछी शान्ति सुरक्षाको कमी हजारौ बिधार्थीको भबिष्य मध्ध नजर गरी स्कुलले कैलालीको टिकापुर जानु पर्ने बाध्य रहयो।

यसै पवित्र स्थलमा शिक्षा दिक्षा लिए स्थानिय लगाएत बाहीर जिल्लाका भुप बिधार्थीले आजका दिनमा पिछडियको राजापुर क्षेत्रका निम्ती “हामीले नगरे कस्ले गर्ने” भन्ने नाराका साथ पहिलो बृहत भेला गरे । सोम प्रसाद खनाल, रिचा शर्मा शाह र जोन्ना भण्डारी को अभियान्तामा यो बृहत भेला रहेको श्रिनिका थापा शाक्यले जानकारी दिनु भयो।

आउदो दिनमा यहाँ सम्पुर्ण गणेश बाबाका देश बिदेशमा रहेका बिधार्थी एक जुट भै यो क्षेत्रमा समाज सेवा साथै समर्द्धीको कार्य गर्ने प्रण गरेका छन्। चाडै नै स्वास्थ शिविरको प्रयास गर्ने पनि प्रतिबधता समेत गरे।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...