News Portal

एनआरएन यूएईका अध्यक्ष श्रेष्ठ पक्राउ

हिमाली संचार संवाददाता
३८४ पटक

उमाकान्त पाण्डे
यूएई, २७ अप्रील : गैर आवसीय नेपाली संघ (एनआरएन) यूएईका अध्यक्ष रमेश श्रेष्ठलाई प्रहरीले दुबईबाट पक्राउ गरेको छ । शुक्रबार बरदुवईमा धुर्मुस–सुन्तली साँझ भइरहेका बेला श्रेष्ठलाई कार्यक्रम स्थलबाटै प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नुको कारणबारे अहिलेसम्म नखुले पनि पक्राउ परे लगत्तै उज्यालोसँग भएको सम्पर्कमा श्रेष्ठले आफूलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको बताउनुभयो ।

यूएईको स्थानीय समय अनुसार शुक्रबार साँझ साँढे ६ बजे फेसबूक म्यासेन्जरमार्फत सम्पर्कमा आएका श्रेष्ठले भन्नुभयो ‘कसैले मेरोविरुद्धमा उजुरी दिएको रहेछ । म प्रहरीको नियन्त्रणमा छु । सोधपुछ भइरहेको छ । अरु कुरा पछि जानकारी गराउनेछु । त्यसपछि भने उहाँ सम्पर्कमा हुनुहुन्न ।

कार्यक्रमका सहभागीले भने अध्यक्ष श्रेष्ठ पक्राउ परेको बिषयमा बोल्न चाहेनन । कार्यक्रम आयोजक संस्था चितवन समाज यूएईका अध्यक्ष पर्शुराम घिमिरेले पनि श्रेष्ठ पक्राउ परेको बारे शनिबार विहान मात्रै आफूले जानकारी पाएको बताउनुभयो ।

धुर्मुस–सुन्तली साँझ कार्यक्रम चलिरहेका बेला श्रेष्ठ कसैले बोलाएपछि बाहिरिनु भएको थियो । त्यसपछि श्रेष्ठ नफर्किएको उहाँको भनाइ छ । श्रेष्ठ लामोसमय सम्म नफर्किएकाले टेलिफोन गरेको तर सम्पर्क नभएको घिमिरेले बताउनुभयो ।

श्रेष्ठ पक्राउ परेपछि झापाका शंकर श्रेष्ठले अध्यक्ष रमेश श्रेष्ठविरुद्ध आफूले उजुरी दिएको बताउनुभएको छ । आफूले पाउनुपर्ने रकम नपाएपछि रमेश श्रेष्ठविरुद्ध आफूले केही समयअघि दुबई र अजमानमा मुद्दा दायर गरेको श्रेष्ठले बताउनुभयो । आफूलाई दिनुपर्ने ६० हजार दिर्हाम नदिएकाले रमेश विरुद्द उजुरी दिएको शंकरको भनाइ छ ।

दुबै जनाले यूएईमा म्यानपावर व्यवसाय सञ्चालन गर्दै आएका छन् । हालै युएईमा एनआरएनलाई नेपाल एसोशिएसनको रुपमा दर्ता गरेका रमेश श्रेष्ठ र व्यवसायिक साझेदारी गरिरहेका व्यवसायी शंकर श्रेष्ठबीच लामो समयदेखि कारोबारका विषयमा विवाद थियो ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...