News Portal

दैलेखको दुल्लुमा जंगली जनावरले मकैबाली नष्ट गर्न थालेपछि स्थानीय चिन्तित

हिमाली संचार संवाददाता
१४१९ पटक

दैलेख – जंगली जनावरले वर्षेबाली मकै नष्ट गर्न थालेपछि दुल्लु नगरपालिका ५,८ का किसान चिन्तित बनेका छन्। मुख्य खाद्यबालीका रूपमा रहेको मकै बालि लगातार जंगली जनावरले नष्ट गर्न थालेपछि किसानहरू चिन्तित बनेका हुन्। मकैको घोगा लाग्ने बेला जंगली जनावर बंदेल र दुम्सीले मकैबाली नष्ट गर्न थालेपछि अनिकाल पर्ने चिन्ताले पिरोल्न थालेको दुल्लु नगरपालिका ५ रनुखानाका स्थानीय कृर्षक थिर प्रसाद जैसीे रिमालले बताए

कृर्षकहरु रातभरी टवामा बसी पहरा दिए पनि मकैबाली जोगाउन मुस्किल भएको कमला रिजाल बताउनु भयो। यस्तै द्धारीचाखाका अर्का कृषक टिकाराम शर्माले जंगली जनावरले गर्दा आफुहरु मर्कामा परेको बताएका छन। स्थानियहरुका अनुसार करिब तिन बर्ष देख बदेल र दुम्सीले यसरी मकै नष्ट गरेपनि वडा कार्यालय तथा नगरपालीकाले कुनै चासो नदिएको गुनासो गर्दछन ।

मकैको घोगा लाग्न सुरु भए देखी मकै पाकेर भित्राउन्जेल सम्मा हरेक राति आफ्नो बास मकै बारी म हुदैआएको त्यहाँका स्थानिय कृर्षक ओम प्रसाद रिजाल बताउछन। भने यसरी जंगली जनावारले मकै बाली नस्ट गदै जाँदा आफुहरु करिब २ महिना सुत्न समेत नपाएको कुरा त्यहाँका सबै कृषर्कको भनाइ रहेको छ ।

बदेल्लले मकै नस्ट गरेको ठाउँमा हामि पुग्दा स्थानिय कृर्षकहरु बोत्तलमा सलाईका काँटि चुना हालेर रातिको समयमा पट्काउने सामाग्रि बनाउदै गरेको शुस्मदृस्टि साप्ताहिकका दैलेख संम्वाददाता कृष्ण प्रसाद अधिकारी र बालेश्वर साप्ताहिकका सम्वाददाता पुस्कर रिमालले जानकारी गराएका छन् ।

यसपटक पानी ढिला लगाएका कृर्षकले मकैको घोगा लाग्ने समयमा नस्ट हुँदा समेत स्थानीय सरकारले आफ्नो गुनासो नसुनेको बताएका बेला यता नगरपालिकाका नायब सुब्बा प्रेम खड्काले भने वडा कार्यलयबाट सिफारिस ल्याएर आएमा जंगली जनावरलाई नियन्त्रणको पहलको लागी नगरपालिकाले सक्ने सहयोग कृर्षकलाई गर्न सकिने कुरा बताउनु भएको छ । पुर्वीदैलेखखबरबाट

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...