News Portal

दैलेखको दुल्लुमा जंगली जनावरले मकैबाली नष्ट गर्न थालेपछि स्थानीय चिन्तित

हिमाली संचार संवाददाता
१३७५ पटक

दैलेख – जंगली जनावरले वर्षेबाली मकै नष्ट गर्न थालेपछि दुल्लु नगरपालिका ५,८ का किसान चिन्तित बनेका छन्। मुख्य खाद्यबालीका रूपमा रहेको मकै बालि लगातार जंगली जनावरले नष्ट गर्न थालेपछि किसानहरू चिन्तित बनेका हुन्। मकैको घोगा लाग्ने बेला जंगली जनावर बंदेल र दुम्सीले मकैबाली नष्ट गर्न थालेपछि अनिकाल पर्ने चिन्ताले पिरोल्न थालेको दुल्लु नगरपालिका ५ रनुखानाका स्थानीय कृर्षक थिर प्रसाद जैसीे रिमालले बताए

कृर्षकहरु रातभरी टवामा बसी पहरा दिए पनि मकैबाली जोगाउन मुस्किल भएको कमला रिजाल बताउनु भयो। यस्तै द्धारीचाखाका अर्का कृषक टिकाराम शर्माले जंगली जनावरले गर्दा आफुहरु मर्कामा परेको बताएका छन। स्थानियहरुका अनुसार करिब तिन बर्ष देख बदेल र दुम्सीले यसरी मकै नष्ट गरेपनि वडा कार्यालय तथा नगरपालीकाले कुनै चासो नदिएको गुनासो गर्दछन ।

मकैको घोगा लाग्न सुरु भए देखी मकै पाकेर भित्राउन्जेल सम्मा हरेक राति आफ्नो बास मकै बारी म हुदैआएको त्यहाँका स्थानिय कृर्षक ओम प्रसाद रिजाल बताउछन। भने यसरी जंगली जनावारले मकै बाली नस्ट गदै जाँदा आफुहरु करिब २ महिना सुत्न समेत नपाएको कुरा त्यहाँका सबै कृषर्कको भनाइ रहेको छ ।

बदेल्लले मकै नस्ट गरेको ठाउँमा हामि पुग्दा स्थानिय कृर्षकहरु बोत्तलमा सलाईका काँटि चुना हालेर रातिको समयमा पट्काउने सामाग्रि बनाउदै गरेको शुस्मदृस्टि साप्ताहिकका दैलेख संम्वाददाता कृष्ण प्रसाद अधिकारी र बालेश्वर साप्ताहिकका सम्वाददाता पुस्कर रिमालले जानकारी गराएका छन् ।

यसपटक पानी ढिला लगाएका कृर्षकले मकैको घोगा लाग्ने समयमा नस्ट हुँदा समेत स्थानीय सरकारले आफ्नो गुनासो नसुनेको बताएका बेला यता नगरपालिकाका नायब सुब्बा प्रेम खड्काले भने वडा कार्यलयबाट सिफारिस ल्याएर आएमा जंगली जनावरलाई नियन्त्रणको पहलको लागी नगरपालिकाले सक्ने सहयोग कृर्षकलाई गर्न सकिने कुरा बताउनु भएको छ । पुर्वीदैलेखखबरबाट

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...