News Portal

सुर्खेतको सिम्तामा किसानलाई मुर्रा जातको भैसि वितरण

हिमाली संचार संवाददाता
५६७ पटक

दुर्गा बिसि
सुर्खेतको सिम्ता गाउँपालिकाले किसानहरुलाई भैसि वितरण गरेको छ । प्रदेश सरकारको क्षेत्र विकास कोषको ५० लाख, गाउँपालिकाको ५ लाख र बँकी प्रती किसान भैसिको विमा सहित ३३ हजार प्रति किसानले व्यहोर्ने गरि ५० वटा भैसि वितरण गर्ने कार्यक्रम अन्र्तगत पहिलो चरणमा १२ वटा भैसि १२ जना किसानलाई वितरण गरिएको छ ।

सिम्ताको भुवनोटमा सुहाँदो तथा उक्त वातावरण हुर्कने जातको १ लाख १० हजार पर्ने मुर्रा भैसि किसानलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के.सी.ले वताउनु भएको छ । सिम्ता गाउँपालिकाको राकम, काप्रिचौर, आली, कालीखोला र बाँखर्क लगायतका कृर्षि पकेट क्षेत्रका किसानलाई भैसि वितरण गर्ने योजना अनुसारको काम भएको जनाएको छ ।

किसानलाई आत्मर्नीभर र उत्पादनमुखि वनाउनका लागि वढ्दो दुधको वजारीकरणलाई यसले थप सहयोग गर्ने लक्ष्य रहेको छ । करिव १ करोड वजेटमा सिम्ताका किसानलाई भैसि वितरण गर्ने गाउँपालिकाको लक्ष्य अनुरुप काम सुरु भएको जनाएको छ । भैसि ३ वर्ष सम्म किसानले विक्रिवितरण गर्न पाउने छैनन् । एकै चरणमा सवै काम नसकिने भएकाले किसानलाई भैसि वितरण कार्यक्रम जेष्ट १५ गते सम्म जारि रहने जनाएको छ।

भैसि वितरणको लागि तामाचुली बहुउदेश्य सहकार संस्था मार्फत गाउँपालिकाले काम अघि वढाएको छ । साथै भैसिको लागि गोठ र खोर सुधार लगाएत किसानको ३३ हजारबाट नै काम हुने तामाचुली सहकारि संस्थाका प्रतिनीधी चन्द्र थापाले जानकारि दिनु भएको छ । पसु स्वास्थ्य चिकित्सकको सिफारिसमा उक्त मुर्रा जातका पहाडी भेकमा हुर्कन सक्ने भैसि ल्याई किसानलाई वितरण गरिएको छ ।

उक्त सहकारि मार्फत नै गाउँपालिकाले डेरि सञ्चालन गर्ने जनाएको छ । १ लाख १० हजार मुल्य पर्ने मुर्राजातको भैसि पाएपछि किसान खुसी वनेका छन् । जनतासँग सिम्ता गाउँपालिकाको मुख्य उदेश्य र लक्ष्य अनुुरुप यसो गरिएको अध्यक्ष के.सी.को भनाई छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...