News Portal

पाल्पा विकसित कि भोजपुर भन्ने बिबादमा युएईमा साथीको छुरा प्रहारबाट चौधरीको मृत्यु

हिमाली संचार संवाददाता
४४० पटक

युएई, ८ बैशाख : युएईमा रक्सी सेवनका क्रममा दुई नेपालीबीच सुरु भएको विवादले एकजनाको मृत्यु भएको छ । युएईको रसअलखेमामा स्थित एक क्लिनिङ कम्पनीमा कार्यरत भोजपुरका युगेन्द्र राईले सँगै काम गर्ने पाल्पाका तिलक चौधरीलाई छुरा हानेका हुन् । छातीमा छुरा लागेका चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

मादक पदार्थ सेवन गरी विवाद सुरु भएको र विवाद बढ्दै गएपछि राईले छुरा प्रहार गरेको उनीहरुसँगै काम गर्ने एक नेपालीले बताए । उनका अनुसार रक्सीको मातमा उनीहरुबीच देशको राजनीति र विकासका बारेमा कुराकानी भइरहेको थियो ।

आ-आफ्नो क्षेत्र विकासमा अघि रहेकोबारे तर्क हुदाँ राईले तिलकमाथि छुरा हानेका हुन् । राईलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु एउटै कम्पनीमा काम गर्ने र एउटै कोठामा बस्दै आएका थिए । घटना ५ दिनअघि भएता पनि दूतावासलाई कुनै जानकारी नआएको दूतावासकी सूचना अधिकारी विष्णुकुमारी अधिकारीले बताइन् ।

शनिवार सार्वजनिक विदा भएकाले थप विवरण आउन नसकेको र आइतबार दूतावासले यस विषयमा सम्बन्धित कम्पनीसँग बुझ्ने उनले जानकारी दिइन् । युएईमा गत असोजमा एक नेपाली महिलाले ४ जना नेपाली महिलामाथि छुरा प्रहार गरेकी थिइन् । एकजनाको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...