News Portal

जिल्ला समन्वय समिती सुर्खेतको बैठक कोटको थुम्को सिम्तामा सम्पन्न

हिमाली संचार संवाददाता
४६३ पटक
दुर्गा बि.सी.

सुर्खेत, ७ बैशाख : सुर्खेतको सिम्ता गाउँपालिका वडा ४ वजेडिचौरमा रहेको कोटको थुम्कोमा जिल्ला समन्वय समिती सुर्खेतको बैठक वसेको छ । कोटको थूम्का प्रचारप्रसार र यसको प्रवद्धनका लागि आयोजना गरिएको बैठकमा लैङ्गीक हिंसा न्युनिकरण गर्ने, स्थानीय तहमा हुने गरेका कामकाजलाई प्रभावकारि वनाउने,स्थानीय तहबाट हुने विभिन्न नागरिकता लगाएतका सिफारिस र जिल्लामा विद्युतीकरणका कुरालाई समावेसिकताका आधारमा अघि वढ्ने निर्णय गरिएको छ ।

जनतासँग सिम्ता गाउँपालिका अन्तर्गत बैठकको लागि कोटको थुम्को आईपुगेका अतिथीलाई गाउँपालिकाले मायाको चिनो समेत प्रदान गरेको छ । त्यसै गरि सिम्ताका पर्यटकिए क्षेत्र कोटका थुम्को, भोटेचुली, तामाचुली, मालिका धुरि, राजकोट दरबार, राकम भेरि किनार शिव मन्दीरको घुम्ती मोड लगाएतका स्थानलाई पर्यटकि गुर योजना निर्माण गर्ने विषयमा छलफल भएको छ ।

बैठकमा जिल्ल समन्वय समिती सुर्खेतका प्रमुख छविलाल सिग्देल, लेकवेसि नगरपालिकाका प्रमुख गगन सिं सुनार,भेरिगंगा नगरपालिकाका प्रमुख भुपेन्द्र चन्द, बराताल गाउँपालिका अध्यक्ष तेज वहादुर वस्नेत, पञ्चपुरि नगरपालीकाका उपप्रमुख मुक्ती देवि रेग्मी, जिल्ला प्रहरी प्रमुख बसन्त रजौरे, ससस्त्र प्रहरी प्रमुख राज कुमार राय लगाएतका प्रमुख ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीको अध्यक्षतामा बसेको बैठकले महत्वपुर्ण निर्णयहरु गरेको छ । विशेषगरी सिम्ता क्षेत्रका पर्यटकिय क्षेत्रका संरक्षण, प्रवद्धन,विकासमा काम गर्ने गुरु योजना तय गरिएको छ । साथै बैठकमा उपस्थिती स्थानीय तहका प्रमुख, उपप्रमुख विचमा अनुभव आदानप्रदान र आगमी दिनमा कसरी अघि वढेर नयाँ काम गर्न सकिन्छ भनेर छलफल समेत चलाएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...