News Portal

जिल्ला समन्वय समिती सुर्खेतको बैठक कोटको थुम्को सिम्तामा सम्पन्न

हिमाली संचार संवाददाता
४८८ पटक
दुर्गा बि.सी.

सुर्खेत, ७ बैशाख : सुर्खेतको सिम्ता गाउँपालिका वडा ४ वजेडिचौरमा रहेको कोटको थुम्कोमा जिल्ला समन्वय समिती सुर्खेतको बैठक वसेको छ । कोटको थूम्का प्रचारप्रसार र यसको प्रवद्धनका लागि आयोजना गरिएको बैठकमा लैङ्गीक हिंसा न्युनिकरण गर्ने, स्थानीय तहमा हुने गरेका कामकाजलाई प्रभावकारि वनाउने,स्थानीय तहबाट हुने विभिन्न नागरिकता लगाएतका सिफारिस र जिल्लामा विद्युतीकरणका कुरालाई समावेसिकताका आधारमा अघि वढ्ने निर्णय गरिएको छ ।

जनतासँग सिम्ता गाउँपालिका अन्तर्गत बैठकको लागि कोटको थुम्को आईपुगेका अतिथीलाई गाउँपालिकाले मायाको चिनो समेत प्रदान गरेको छ । त्यसै गरि सिम्ताका पर्यटकिए क्षेत्र कोटका थुम्को, भोटेचुली, तामाचुली, मालिका धुरि, राजकोट दरबार, राकम भेरि किनार शिव मन्दीरको घुम्ती मोड लगाएतका स्थानलाई पर्यटकि गुर योजना निर्माण गर्ने विषयमा छलफल भएको छ ।

बैठकमा जिल्ल समन्वय समिती सुर्खेतका प्रमुख छविलाल सिग्देल, लेकवेसि नगरपालिकाका प्रमुख गगन सिं सुनार,भेरिगंगा नगरपालिकाका प्रमुख भुपेन्द्र चन्द, बराताल गाउँपालिका अध्यक्ष तेज वहादुर वस्नेत, पञ्चपुरि नगरपालीकाका उपप्रमुख मुक्ती देवि रेग्मी, जिल्ला प्रहरी प्रमुख बसन्त रजौरे, ससस्त्र प्रहरी प्रमुख राज कुमार राय लगाएतका प्रमुख ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीको अध्यक्षतामा बसेको बैठकले महत्वपुर्ण निर्णयहरु गरेको छ । विशेषगरी सिम्ता क्षेत्रका पर्यटकिय क्षेत्रका संरक्षण, प्रवद्धन,विकासमा काम गर्ने गुरु योजना तय गरिएको छ । साथै बैठकमा उपस्थिती स्थानीय तहका प्रमुख, उपप्रमुख विचमा अनुभव आदानप्रदान र आगमी दिनमा कसरी अघि वढेर नयाँ काम गर्न सकिन्छ भनेर छलफल समेत चलाएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...