News Portal

सल्यान पश्चिम क्षेत्रमा एनसेल सेवा प्रदायीक कम्पनीले आफ्ना सेवाग्राहिलाई दुख दियो

हिमाली संचार संवाददाता
७७६ पटक
दुर्गा बिसि, सल्लिबजार

चैत ५, बिहीवार : सल्यानको पश्चिम क्षेत्रमा एनसेल सिम प्रयोग कर्ताहरु मारमा परेका छन् । नेपाल दुरसञ्चारले यस क्षेत्रमा सेवा प्रवाह नगर्दा एनसेलको भर परेका स्थानीयलाई उक्त सेवा प्रदायीक कम्पनीले ठगिरहेको छ । १ महिना देखि एनसेलको नेटवर्कमा खरावी हुदाँ समेत समस्या समाधान तर्फ ध्यान नदिएको सेवा ग्राहिको दुखेसो छ ।

नेपाल टेलिकमको यस क्षेत्रमा सेवा नहुदाँ वढि एलसेलका प्रयोगकर्ता भएकाले फोन गर्दा कुरा नवुझिने र पैसा काटीहाल्ने हेला हेलोमै सवै व्यालेन्स सकिने भएकाले एलसेलले यस क्षेत्रका नागरिकलाई लुटिरहेको स्थानीयको दुखेसो छ ।

एनसेल कस्टमर कयर सेन्टरमा गुनासो गर्दा समेत सेवा सुधारमा उक्त कम्पनीले चासो नदिएको सेवाग्राहीहरुले वताउने गरेका छन् । नेपाल टेलिकमको भरपर्दो सेवा नहुदाँ वढि प्रयोग कर्ता यसैमा भर पर्ने गरेका छन् ।

पछिल्लो समयमा एलसेलले दुख दिएको, नेटवर्क देखाउने, कनेक्ट हुने तर कुरा नवुझिने, अट्केर आवाज आउने, नेटमा समस्या लगाएत हुने गरेको छ । सेवा सुधार तर्फ भन्दा दिन प्रतिदिन एनसेलको नेटवर्कमा समस्या थपिदै छ । यस क्षेत्रको सल्यान पश्चिम र सुर्खेतको उत्तर पुर्वि क्षेत्रमा एलसेलको नेटवर्कमा समस्या देखिएको छ ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...