News Portal

  • रक्तदानको क्षेत्रमा बिशेष योगदान पुर्याएका २ दर्जन व्यक्ति र सँस्था सम्मानित

    हिमाली संचार संवाददाता
    ३४१ पटक

    काठमाडौं : नेपालमा रक्तदान अभियान तथा कार्यक्रममा विशिष्ट योगदान पुर्याएका सँस्था, रक्तदान अभियन्ता तथा उदाहरणीय रक्तदाताहरु सम्मानित भएका छन् । मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सभाहलमा एक कार्यक्रमका बीच उक्त सम्मान कार्यक्रम आयोजना गरिएको हो ।

    अन्तर्राष्ट्रिय स्तरमा नेपालीहरुलाई रक्तदान प्रति जागरुक र क्रियाशील बनाउन स्थापित “अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ” तथा नेपाली युवाहरुलाई रक्तदान प्रति आकर्षित र आबद्ध गर्दै रगत अभावको वर्तमान अबस्थालाई क्रमिक रुपमा सुधार गर्दै लैजाने उद्देश्यले स्थापित “नेपाली रक्तदाता संघ”को संयुक्त आयोजना सम्पन्न भएको उक्त कार्यक्रममा दुई दर्जन बढी सँस्था तथा व्यक्तिहरु सम्मानित भएका हुन् ।

    एसोसिएसन नेपाल (BLODAN), स्वयसेबी रक्तदाता समाज, असन सेवा समिती, देव कर्नर सेवा समिती, पशुपती मारवाडि सेवा समिती, गणेशमान सिंह अध्ययन प्रतिस्थान, लायन्स क्लब अफ चाबहिल, लायन्स क्लब अफ चाबहिल सिटी, आकस्मिक रक्तदान युनिट, पोखरा (RDAU), युथ फर ब्लड (Youth for Blood), क्लब २५ (Club 25), नेपाल, रेडक्रस सोसाईटि गणबहाल उपशाखा, नेपाल रेडक्रस सोसाईटि महाबौद्ध उपशाखा, नेपाल रेडक्रस सोसाईटि पशुपती बौध उपशाखा चाबहिल संस्थागत रुपमा सम्मानित भए ।

    त्यसैगरी व्यक्तितर्फ प्रेमसागर कर्माचार्य (अध्यक्ष – स्वयसेबी रक्तदाता समाज), जिवन बस्नेत (अध्यक्ष ,Friends of RH Negative), कृष्ण चौहान (अध्यक्ष – स्वयसेबी रक्तदाता समाज, रुपन्देही शाखा), भक्तीराज भट्टराई (तप्लेलुङ), अरबिन्द सिंह (बीरगंज), कमल नकर्मी (उपाध्यक्ष – नेपाल रेडक्रस सोसाईटी काठमाडौं जिल्ला), पर्शुराम दाहाल (परोपकार प्रसुती अस्पताल/रक्त संचार केन्द्र – प्रमुख), प्रशान्त उप्रेत्री (INBDA) ले सम्मान प्राप्त गरे ।

    कार्यक्रमका सभापति अन्तर्राष्ट्रिय रक्तदाता संघका अध्यक्ष अजय सत्याल तथा प्रमुख अतिथि कुशल चिकित्सक एवं बरिष्ठ मानव अधिकारकर्मी गौशंकर लाल दासले सम्मानित हुनेहरुलाई दोशल्ला तथा सम्मान पत्र प्रदान गरेका थिए ।

    कार्यक्रममा प्रदेश ३ का प्रदेश सदस्य नरोत्तम बैध्य र जीवन डंगोल, अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका सँस्थापक सदस्य अर्जुन प्रसाद मैनाली, नेपाल रेडक्रस सोसाईटीको तर्फकेन्द्रिय रक्तसञ्चार सेवाकि निर्देशक मनिता राजकर्णिकार लगायतको आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा मन्तब्य राख्दै आयोजक समितिका अध्यक्ष सत्यालले रक्तदान जस्तो परोपकारी सामाजिक कार्यमा अनवरत रुपमा कृयाशील व्यक्ति तथा सँस्थालाई सम्मान गर्न पाउँदा गर्व महसुस भएको बताउदै नेपाली पुगेका विश्वका सबै देशहरुमा रक्तदान अभियान संचालन गर्न आफुहरु लागि परेको र नेपालमा पनि औपचारिक रुपमा रक्तदान अभियानमा युवाको पहुँच र युवा परिचालनका निम्ति नेपाली रक्तदाता संघ मार्फत अघि बढ्न खोजेकोले सबैको साथ् सहयोग आवस्यक रहेको औंल्याउदै सम्बन्धित सबैसंग हातेमालो गर्न उत्सुक रहेको बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन १० गतेको राशिफल

    आज साउन १०, २०८२ (जुलाई २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    “मलाई पार्टीबाट रोक्न सकिँदैन” – भण्डारीको एमाले नेतृत्वलाई चुनौतीपूर्ण सन्देश

    काठमाडौं, साउन ९ – पार्टी सदस्यताको विषयमा नेकपा एमालेले लिएको पछिल्लो निर्णयप्रति गहिरो असन्तुष्टि जनाउँदै...

    एमालेलाई बलियो बनाउने अभियानमा विद्यादेवी भण्डारी : “मलाई पदको लालसा छैन”

    काठमाडौं, साउन ९ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) भित्र देखिएको विवादप्रति प्रतिक्रिया दिँदै आफूलाई...

    सार्वजनिक स्थानमा धूम्रपान गरे अब जरिवाना : काठमाडौं महानगरको कडाइ

    काठमाडौं, साउन ९ – काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा धूम्रपान गर्नेहरूमाथि अब कडा निगरानीसाथ जरिवाना गर्ने...

    इरानको जेलबाट मुक्त भए पाँच नेपाली, बिहीबार स्वदेश अवतरण

    काठमाडौं, साउन ९ – इरानको जेलमा महिनौँदेखि थुनामा रहेका पाँच जना नेपाली नागरिक अन्ततः रिहा भई...