News Portal

एथलेटिक्स संघका अध्यक्ष शाह अनुगमनमा दाङ पछि नेपालगन्ज पुगे

हिमाली संचार संवाददाता
४६४ पटक

बाँके, ३ बैशाख : नेपाल एथलेटिक्स संघको केन्द्रिय अध्यक्ष राजिब बिक्रम शाह आठौं खेलकुदको स्थलको अनुगमन क्रममा दाङ पछि हिजो नेपालगन्जको निरीक्षणका लागि आएका थिए । राष्ट्रिय खेलकुदको आठौं संस्करण नेपालगन्ज चलिरहेको अवस्थामा शाहले दाङ र नेपालगन्जको भ्रमण गरेका हुन् ।

आठौंको केही अधिकास खेल बाँकेमा हुने भएपनी केही खेल दाङ तथा अन्य जिल्लाहरूमा भैरहेका छन् । राजिब बिक्रम शाहले मध्यपश्चिम खेलकुद बिकास समिती अध्यक्ष भिम ओलि लगायत पदाधिकारीहरु संग भेटघाट तथा छलफल समेत गर्नुभएको थियो । साथै शाहले आठौंको उद्घाटन समारोहको तयारी र भौतिक पुर्वाधारको अवलोकन समेत गर्नुभयो ।

अवलोकन भ्रमणका क्रममा बोल्दै शाहले रास्ट्रीय प्रतियोगीताको लागि तालिम प्राप्त प्राप्त जुरिको आवस्यता रहने हुदा चिफ कोचको संयोजनमा ४ सदस्यीय प्राबिधिक टोलि छनोट समेत गरिएको बताउनुभयो ।

आठौंमै बसेर आठौं लाई सफल बनाउन मुख्य भुमिका निभाउने इच्छा रहदा रहदै पनि २३ एसियाली एथलेटिक्सको साधारण सभा हुने भएकोले नेपालको प्रतिनिधित्व गर्दै कतार जाने कार्यक्रम रहेका कारण संघ का सदस्य तेजेन्द्र थापालाइ कार्यबाहकको जिम्मेवारी सुम्पिएर कतार जान लाग्नुभएको बताउनु बताउनुभयो ।

साथै साफ कांग्रेस संगै कतारमा एसियन च्याम्पियन सीप हुदैछ र हाम्रो देश बाट दुई जना खेलाडी छनौट भएका छन र ती खेलाडी लाई स्वयम अध्यक्ष शाहले लिएर कतार जाने कार्यक्रम रहेकोले पनि आठौंमा उपस्थिति जनाउन नसकिने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...