News Portal

  • मनकामना मिडियाद्धारा संकलित रकम पत्रकार रबि लामिछानेको उपस्थितिमा पिडितलाई हस्तानतरण

    हिमाली संचार डटकम
    ५१३ पटक
    कमल सिंह ठकुरी

    कुवेत, १५ अप्रील : संखुवासभाका शक्तिमान तामाङ कुवेत आएको बर्ष दिनमै गम्भीर बिरामी परे। कार्यस्थलमै अचानक बिरामी भएपछि तत्काल अस्पताल पुर्‍याएपछि मात्रै उनको दुबै मृगौला फेल भएको थाहा भयो। बानेश्वर नगरपालिका वडा नम्बर ९ खाम्लिडका ३३ बर्षिय तामाङ धन कमाएर परीवारलाई सुख दिने र छोराछोरीलाई राम्रो शिक्षादीक्षा गराउछु भन्ने उदेश्यले कुवेत आएका थिए।

    दुबै मृगौला फेल भएको भन्ने अस्पतालको रिपोर्ट पछि ऊनी हाल नेपाल फर्केर काठमाडौको जोरपाटीस्थित टिचीङ अस्पतालमा उपचार गराईरहेका छन। आर्थिक अबस्था निकै कमजोर भएकाले कुवेतबाट संचालित मनकामना मिडियाले आर्थिक सहयोग अभियान नै चलाएर उनको छोराछोरीको अध्ययनका लागि १ लाख ६८ हजार र नेपालमै दिलकुमारी तामाङको पहलमा १२ हजार बढी रकम संकलन गरेर जम्मा १ लाख ६८ हजार ४ सय ६५ रुपैया पत्रकार रबि लामिछानेको विशेष उपस्थितिमा (आज) सोमबार मनकामना मिडियाका अध्यक्ष कुमार तामाङले सो सहयोग रकम हस्तान्तरण गरेका हुन।

    शक्तिमान तामाङ बचाउ अभियानका विशेष अभियान्ता तथा मनकामना मिडियाका सम्पादक बिजय लामाले सहयोग गर्नुहुने सबै मनकारीहरुमा धन्यवाद व्यक्त गरे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १४ गतेको राशिफल

    आज कार्तिक १४, २०८२ (अक्टोबर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स धादिङको नौबिसेमा दुर्घटना

    धादिङ, कार्तिक १३ — गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स काठमाडौँबाट फर्किने क्रममा धादिङको नौबिसेमा दुर्घटना भएको...

    रंगेली गौचर गौशालाको ४५ औं साधारण सभा सम्पन्न

    रबिन्द्र बराल/मोरङ, कार्तिक १३ – रंगेली गौचर गौशालाको ४५ औं साधारण सभा सम्पन्न भएको छ। गोपाष्टमीको...

    रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज उच्च अदालतमा सुनुवाइ हुने

    बुटवल, कात्तिक १३ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका संचालक...

    बालुवाटार बैठकमा राप्रपाको माग: चुनावअघि नै राजा राख्नुपर्ने सुझाव

    काठमाडौं, कार्तिक १३ – प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको त्रिपक्षीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले...