News Portal

जाजरकोटका प्रजिअ बस्नेतद्वारा पहिरो पीडितलाई ७ लाख रकम सहित राहात सामाग्री हस्तान्तरण

हिमाली संचार संवाददाता
९७४ पटक

जाजरकोट – जाजरकोटमा गएको पहिरोमा परी आफन्त गुमाएका र विस्थापित भएका परिवारलाई राहात रकम हस्तान्तरण गरिएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले पीडित परिवारलाई जनही १ लाखको चेक हस्तान्तरण गरेका छन् ।

गत आइतबार जाजरकोट सदरमुकाम खलंगाको ठाँटीमा गएको पहिरोमा परी मृत्यु भएका परिवारलाई जिल्ला प्रशासन जाजरकोटले राहत वितरण गरेको हो। पहिरोमा परी ज्यान गुमाउनेको क्षतीको पैसाले परिपुरण नहुने भन्दै सरकार सधै पीडितसँगै रहेको प्रजिअ बस्नेतले बताए ।

पहिरोमा छोरी गुमाएका तीर्थराज बोहरा, छोरा गुमाएका कुशे ६ भार्माका प्रेम परियार र कृष्ण परियारलाई जनही १/१ लाख, तीन छोरी र श्रीमती गुमाएका भेरी ६ गंगटियाका लालबहादुर लुहारलाई एकमुष्ट ४ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको प्रजिअ बस्नेतले जानकारी दिए ।

पहिरोमा परी बेपत्ता भएका कुशे-५ का गोविन्द परियार अझै हराइरहेकाले बेपत्ताको एकिन भएपछि मात्र केही दिनपछि राहत दिइने प्रजिअ बस्नेतले बताए ।

प्रजिअ बस्नेतका अनुसार घर पुरिएका परिवारको आवास ब्यवस्थापनका लागि तीर्थराज बोहरा र गोपाल सुनारलाई जनही दश हजारका दरले रकम प्रदान गरिएको छ ।

यसअघि मृतकका परिवारलाई प्रदेश सरकारको तर्फबाट २५ हजार र भेरी नगरपालिकाको तर्फबाट ३० हजारका दरले राहत प्रदान गरिएको थियो ।

पहिरोका कारण विस्थापित भएर सदरमुकामस्थित बृद्धाश्रम केन्द्रको भवनमा बस्दै आएका ७ घर परिवारलाई कुशे गाँउपालिका र स्थानीय प्रशासनले खाद्यन्न तथा लत्ता कपडा सहयोग गरेको छ ।

रेडक्रसद्वारा गैरखाद्य सामग्री प्रदान

रेडक्रस जाजरकोटले पनि पहिरो पीडित परिवारलाई गैरखाद्य सामग्री प्रदान गरेको छ ।पहिरो पीडित पाँच परिवारलाई त्रिपाल, कम्मल, लत्ताकपडा, भाडावर्तन, बाल्टी लगायतका गैरखाद्य सामग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाईटी जाजरकोटका मन्त्री हरिबहादुर बस्नेतले बताए ।

आइतबार विहान गएको पहिरोले पुरेका एकै घरका ४ जनासहित ८ जनाको मृत्यु भएको थियो ।

भेरी नगरपालिका ६ गंगटियाका लालबहादुर लुहारकी श्रीमती २५ वर्षीया शितली, उनका छोरीहरु १० वर्षीय रञ्जना, ७ वर्षीय मनिसा र ३ वर्षीय भगवती लुहार, कुशे गाँउपालिका ५ का १३ वर्षीय नरेन्द्र परियार, १० वर्षीय दशरथ परियार, कुशे-६ का ११ वर्षीय नवीन परियार र बारेकोट गाँउपालिकाका तीर्थ बोहराकाकी छोरी नजमको मृत्यु भएको थियो ।

भेरी नगरपालिका वडा नं. ३ ठाँटी बजारबाट पानी नाउला जाने बाटोमा रहेका गोपाल नेपाली र तिर्थराज बोहराको घरमा पहिरो जाँदा भेरी नगरपालिका ६ गंगटियाका लालबहादुर लुहारको जीवितै उद्धार गरिएको थियो ।

पहिरोमा परि ८ जनाको मृत्यु भएको थियो भने १ बालक अझै बेपत्ता छन् । पहिरोको जोखिम बढेपछि ७ घर विस्थापित भएका छन् ।
अनलाइनखबर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...