News Portal

गरिव भएकै कारण करणकाे उपचार गर्न मुस्किल

हिमाली संचार संवाददाता
५१० पटक
रबिन्द्र बराल, मोरङ

चैत्र ३०, शनिबार : माेरङकाे रंगेली नगरपालिका २ स्थित मंगलबारेे चाेक नजिकैमा रहेको माेरिया टाेलमा बसाेवास गर्दे अाईरहेका ४५ बर्षका विनाेद सरदार र रेखा सरदारकाे कान्छाे छाेरा १३ वर्षका करण सरदार बिगत ६ महिना देखि खुट्टाकाे उपचार नहुदा जीवन र मरणकाे अवस्थामा पुगेका छन । कार्तिक महिनामा खेलेर घर फर्किदै गरेको समयमा बाटाेमा लडेर समान्य चाेट लागे पछि उनकाे देव्रे खुट्टामा चाेट लागेकाे उनकाे बुबा विनाेदले बताए ।

पछि अस्पतालमा उपचार गराउन लैजादा उनकाे खुट्टा भाचिएकाे थाहा पाए पछि डाक्टरकाे सल्लाह अनुसार खुट्टामा बेन्डेज गरियाे तर पाँच महिना बितिसक्दा समेत खुट्टा राम्रो हुन नसकेको बताए । करण स्थानीय महेन्द्र अाधारभुत विद्यालयमा कक्षा ४ मा अध्यन गरिरहेका थिए तर खुट्टा कै कारण बिगत ५ महिना देखि विद्यालय समेत जान सकेका छैनन् । बिगत १५ बर्षदेखि माेरिया खाेलाकाे किनारमा १० घुर अैलानि जग्गामा बसाेवास गर्दे अाईरहेका याे परिवारमा अहिले निकै दुख परिरहेको छ ।

श्रीमतीकाे पनि बिगत ५ बर्ष देखि कान दुख्नेे समस्याबाट पिडित हुदाहुदै पुनः अर्को वज्रपात नै खसेजस्ताे भएको छ । एक जनाकाे ज्याला मजदुरीले दुख:सुख हातमुख जाेडिरहेता पनि छाेराकाे खुट्टाकाे उपचार नगर्ने सक्दा याे परिवार निकै चिन्तामा परेका छन । एक जनाकाे कमाईबाट चार जनाकाे परिवार पालिरहेका छन । उनका १५ बर्षका जेठा छाेरा दिल कुमार सरदारले पनि कक्षा सात पढेर ६ महिना देखि उनले पढाइ समेत छाडेका छन ।

घर खर्चको लागि ज्याला मजदुर गरि अाफ्नाे परिवारलाई थाेरै भए पनि खर्च जुटाई रहेका छन । उनका बुबा विनाेदले भने, हामी गरिव परिवार भएकै कारण उपचार गराउन नसकिएको र घरमै छाेरालाई राखि रहेको उनले बताए । यस्तो गरिव परिवारका छाेरालाई कुनै सहयोगी हातहरुकाे खाचाे रहेको देखिन्छ ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...