News Portal

मेयर कपको उपाधि अन्नपुर्ण क्लबको पोल्टामा

हिमाली संचार संवाददाता
५१० पटक

सिन्धुपाल्चोक, २८ चैत : सिन्धुपाल्चोक सदरमुकाम चौतारामा जारी दोस्रो मेयर कप फुटबलको उपाधि अन्नपुर्ण क्लब (आरसीटी) ले जितेको छ । सदरमुकाम चौतारा स्थित टुँडिखेलमा भएको फाइनल भिडन्तमा आरसीटीले त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै उपाधिसहित ५ लाख ५ हजार रुपैयाँ पाएको हो । उपविजेता त्रिभुवन आर्मीले २ लाख ५ हजार रुपैयाँ पायो ।

खेलको ३३ औं आरसीटीले पाएको फ्रि किकमा अजित गुरुङले गरेको गोल नै निर्णायाक बन्यो । उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता हुँदै २० हजार रुपैयाँ पुरस्कार पाए । युथ राइजिङ खेलाडीको उपाधि चौतारा युथ टिमका सञ्जय विष्टले पाए ।

बिजेता टिमलाई सुकुटेमा सञ्चालित माया बीच रिसोर्टको प्रायोजनामा एक रात बासको प्याकेजसहित सुनकोशी नदीमा र्‍याफ्टिङको व्यवस्था पनि गरिएको आयोजक तोप २१ का अध्यक्ष अशोक कार्कीले जानकारी दिए । चैत १५ देखि सुरु भएको प्रतियोगितामा ए डिभिजनका क्लबसहित विभिन्न जिल्लाका गरी १२ टिमको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...