News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • चैत्र महिनामा पनि छट पर्व मनाउँदै

    हिमाली संचार संवाददाता
    ४४७ पटक
    रबिन्द्र बराल, मोरङ

    चैत्र २८ बिहीबार : माेरङकाे रंगेली नगरपालिका ६ स्थित भन्सार टाेल, त्रित्रि टाेलका स्थानीयले चैत्र महिनामा मनाईने छट पर्व मनाई रहेका छन । चैत्र अासपास का बसाेवास गर्ने सर्वसाधारण हरु अहिले छठ पर्व का लागि तयारीमा जुटेका छन । २६ गते मंगलबार देखि उनिहरुले छठ पर्व मनाउन सुरु गरेका छन ।

    छट पर्व ४ दिनसम्म मनाइने पर्व हाे। मंगलबार पहिलो दिन नुहाएर चोखो भई खाने, बुधबार दोस्रो दिन खरना, बिहीबार अस्ताउँदो सुर्यलाई पुजाअाजा गर्ने दिने र शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा सम्पन्न हुने गर्दछ। छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका सामाग्रीहरु बार्ने चलन समेत छ ।

    याे चैते छट बिगत ३ बर्ष देखि निरन्तर गर्दे अाईरहेका दिलिप मंन्डल भन्छन अाफुले चाहेको हरेक कुरा छठ माताले पूरा गरिदिने भएको हुनाले अाफुुुुले पनि चैते छठ गर्ने गरेको र बर्षमा दुई पटक छठ पुजा बिधिवत रुपमा गर्दे अाएकाे समेत बताए ।

    अहिले बिगत बर्षहरुमा भन्दा पनि चैत्र महिनामा मनाईने छठ पर्वकाे अास्था दिनदिनै बढिरहेकाे उनले बताए । अहिले रंगेली नगरपालिका ६ का अाधादर्जन स्थानीयले ले छठ पुजा गर्ने गरेका छन ।

    छट पर्वकाे इतिहास !

    सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ। अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसँग उल्लेख छ। चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ ।

    त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ। कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ ।

    छठ पुजा गर्ने विधि !

    सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ । व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन्, जसलाई खर्ना भनिन्छ ।

    षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ दिन्छन्। ब्रतालु भक्तजनहरू राती धेरैजसो नदी किनारमा बास बस्छन् भने केही घर फर्किन्छन् । तर शुद्धाशुद्धिको धेरै विचार गर्नुपर्ने भएकाले कहीं कतै अशुद्ध नहोस् भन्नेमा उनीहरू सजग हुन्छन्।

    शुद्ध भावनाले यो व्रत गर्नाले तुरुन्त फल पनि पाइने धर्मावलम्बीहरूको विश्वास छ । त्यसकारण मनले मात्र शुद्ध नभएर सबैथोक चोखो हुनुपर्ने हुनाले व्रतालुहरूले मात्र नभई सम्पूर्ण परिवारले नै यसलाई कडाइका साथ पालना गर्छ ।

    छठ पुजाकाे विसर्जन यसरी गरिन्छ !

    षष्ठीको भोलिपल्ट ब्रहृममुहूर्तमा मानिसहरू पूजासामग्री लिएर नदी किनारमा गई स्नान गरी उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएपछि छठ पर्व सकिन्छ र प्रसाद बाँडिन्छ । छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ ।

    विशेषगरी शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाइन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ । केही भक्तजन घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् ।


    कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् । सूर्यको प्रकाशमा भिटामिन डी प्राप्त हुने भएकाले मानवशरीर विज्ञानका अनुसार यो व्रतको महत्व आज पनि त्यत्तिकै छ ।

    कार्तिक शुक्ल चतुदर्शीका दिनबाट शुरु हुने छठ पर्व सूर्यको आराधना गरी नेपाल र भारतका विभिन्न क्षेत्रमा मनाइन्छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ व्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्सोल्लासका साथ मनाइने गरिन्छ । यो एउटा यस्तो चाड हो जसमा डुब्न लागेको सूर्यको साथै उदाउँदो सूर्यको पनि आराधना गर्ने गरिन्छ ।

    समाजमा उदाउँदो वा प्रतिष्ठीत व्यक्तीलाई सबैले ढोग्छन् सम्मान गर्छन् तर डुब्न लागेको घाम गरीब तथा बेसहारालाई कसैले हेर्दैनन् तर यस पर्वले जुनसुकै अवस्थामा पनि सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिन्छ । त्यस्तै सूर्यले सबै प्राणीहरूलाई समानरूपमा प्रकाश दिन्छ त्यसैले सबैमाथि समान व्यवहार गर्नुपर्छ भन्ने सोच विकास गर्नका लागि सूर्यको पूजा गरिन्छ ।

    वर्षको दुई पटक चैत र कार्तिक महिनामा धुमधामका साथ मनाइने यस पर्वमा चोखो र शुद्धाशुद्धिमा अत्यन्तै ध्यान दिइन्छ । विधी विधान अनुसार मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहि आएको छ । छाला सम्वन्धी रोग निदानका लागि, पुत्र प्राप्तिका लागि र भाकल पूरा गर्न मानिसहरू भक्तिमा लिप्त भएर नजीकैको पोखरी जलाशय कुण्डमा गई यस दिन छठ पूजा गर्दछन् ।

    छैठको पूजा गर्दा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठेकुवा, फलफूल, मिठाई जस्ता सामग्रीको आवश्यकता पर्दछ । सम्पूर्ण प्राणीलाई विना कुनै भेदभाद समान शक्ति, ताप र किरण दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात गर्दै सूर्यको पूजा प्रार्थना र आराधना तन, मन लगाएर चार दिनसम्म गरिन्छ ।

    प्रतिकृया दिनुहोस्

    वैदेशिक श्रमिकको पसिनाको मूल्य: एक महिनामै १ खर्ब ४० अर्ब रेमिट्यान्स भित्रियो

    काठमाडौं, वैशाख २८ – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा तथ्यांकले पुनः एकपटक देखाएको छ—विदेशिएका...

    राहत शिक्षकको चेतावनी : शिक्षा ऐन नआए ‘गर या मर’ आन्दोलन

    काठमाडौँ, वैशाख २८ – राहत शिक्षकहरूले सरकारले सम्झौता अनुसार विद्यालय शिक्षा ऐन समयमै ल्याउन नसकेको...

    तीन वर्षे बालक अक्षतराजको नाममा मादल बजाउने अनौठो कीर्तिमान

    काठमाडौं, वैशाख २८ – सानै उमेरमा असाधारण प्रतिभा देखाउँदै मोरङका बालक अक्षतराज पौडेलले मादल बजाउने...

    मकै भित्र्याउन कृषकहरू व्यस्त

    मोरङ, वैशाख २८ – रंगेली, सुनवर्सी, रतुवामाई, धनपालथान लगायतका दक्षिणी भेगमा बसोबास गर्ने कृषकहरू अहिले...

    झापामा खुकुरी प्रहार गरी श्रीमानको हातबाट श्रीमती को हत्या, श्रीमान पक्राउ

    झापा, वैशाख २८ – झापाको कन्काई नगरपालिकास्थित सुकेडागी क्षेत्रमा एक हृदयविदारक घटना घटेको छ, जहाँ...