News Portal

सुनसरीका भूपाल २२ लाख ब्लडमनी तिरेर स्वदेश फर्किए

हिमाली संचार संवाददाता
४४८ पटक

रामचन्द्र नेपाल
चैत २७, साउदी : बलडमनी तिरेपछि साउदीको जेलबाट छुटेका सुनसरीको बराह नगरपालिका-२ का भूपाल बस्नेत स्वदेश फर्किएका छन् । उनी बुधबार नेपाल पुगेका हुन् । ६ वर्षअघि साउदी गएका भूपाल अलमहमिद कम्पनीमा ट्रक चालक थिए । उनले सडकको साइडमा पार्किङ गरेको ट्रकमा पछाडिबाट आएको कार ठोक्किदा कार चालक साउदी नागरिकको घटनास्थलमै मृत्यु भएपछि जेल परेका थिए ।

त्यतिवेला कम्पनीले उनलाई जेलको सजाय पूरा भएको र आफूले ब्लडमनीको रकम तिरिदिएको भन्दै स्वदेश पठाइदिएको थियो । नेपाल फर्किएका भूपाल केही वर्ष नेपाल बसे । नेपालमा कुनै रोजगारी नभएपछि तीनवर्ष अगाडि उनी पुनः रोजगारीको लागि साउदीमा पुगेका थिए ।

साउदीपुगे लगत्तै एयरपोर्टमा फिगंर पि्रन्ट गर्दा दोषि भएको भन्दै त्यहाँको अध्यागमनले उनलाई पुनः पक्राउ गरेको थियो । भूपाल ३५ महिनादेखि साउदी अरवको बुरैदा अलकासिम भन्ने जेलमा रहेका थिए । परिवारले भने भूपाल निर्दाेष भएको र जीवन बचाइदिन विभिन्न निकायहरुलाई अपील गर्दै आएका थिए ।

बिभिन्न संघसस्थाहरुले रकम सकंलन गरी करिब २२ लाख रुपैयाँ परराष्ट्रमार्फत पठाएका थिए । नेपाली दूतावास रियाद साउदी अरबको सहजिकरणमा संकलित रकमगत १ अपि्रल, २०१९ मा अलकासिम कोर्टमा बुझाएपछि बस्नेत जेलबाट छुटेका थिए ।उनको एक्जिट भिसा प्रक्रिया पूरा भएता पनि समयमै हवाई टिकट नपाउदा केही दिन साउदी अरवमै बस्नु परेको थियो।

गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अलकासिमले पहल गरेको अभियानलाई प्रवासी नेपाल समन्वय समितिले -पीएनसीसी)ले थप रकम जुटाउन र समन्वय गरेर भूपाललाई नेपाल फर्काइएको हो ।

भूपाललाई नेपाल फर्काउन नेपाली प्रवासी समाज साउदी अरेविया, गन्तब्य नेपाल, बराहाक्षेत्र समाज सुनसरी, सुनसरी मोरग समाज, एनआरएनको वेलफेयर फण्ड, कुमार राना उद्धार अभियानबाट बचेको रकम, प्रेम बचाउ अभियानबाट बचेको रकमलगायत विभिन्न क्षेत्रका सामाजिक संघसंस्थाहरुले सहयोग गरेकाको पीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...