News Portal

सुनसरीका भूपाल २२ लाख ब्लडमनी तिरेर स्वदेश फर्किए

हिमाली संचार संवाददाता
५०८ पटक

रामचन्द्र नेपाल
चैत २७, साउदी : बलडमनी तिरेपछि साउदीको जेलबाट छुटेका सुनसरीको बराह नगरपालिका-२ का भूपाल बस्नेत स्वदेश फर्किएका छन् । उनी बुधबार नेपाल पुगेका हुन् । ६ वर्षअघि साउदी गएका भूपाल अलमहमिद कम्पनीमा ट्रक चालक थिए । उनले सडकको साइडमा पार्किङ गरेको ट्रकमा पछाडिबाट आएको कार ठोक्किदा कार चालक साउदी नागरिकको घटनास्थलमै मृत्यु भएपछि जेल परेका थिए ।

त्यतिवेला कम्पनीले उनलाई जेलको सजाय पूरा भएको र आफूले ब्लडमनीको रकम तिरिदिएको भन्दै स्वदेश पठाइदिएको थियो । नेपाल फर्किएका भूपाल केही वर्ष नेपाल बसे । नेपालमा कुनै रोजगारी नभएपछि तीनवर्ष अगाडि उनी पुनः रोजगारीको लागि साउदीमा पुगेका थिए ।

साउदीपुगे लगत्तै एयरपोर्टमा फिगंर पि्रन्ट गर्दा दोषि भएको भन्दै त्यहाँको अध्यागमनले उनलाई पुनः पक्राउ गरेको थियो । भूपाल ३५ महिनादेखि साउदी अरवको बुरैदा अलकासिम भन्ने जेलमा रहेका थिए । परिवारले भने भूपाल निर्दाेष भएको र जीवन बचाइदिन विभिन्न निकायहरुलाई अपील गर्दै आएका थिए ।

बिभिन्न संघसस्थाहरुले रकम सकंलन गरी करिब २२ लाख रुपैयाँ परराष्ट्रमार्फत पठाएका थिए । नेपाली दूतावास रियाद साउदी अरबको सहजिकरणमा संकलित रकमगत १ अपि्रल, २०१९ मा अलकासिम कोर्टमा बुझाएपछि बस्नेत जेलबाट छुटेका थिए ।उनको एक्जिट भिसा प्रक्रिया पूरा भएता पनि समयमै हवाई टिकट नपाउदा केही दिन साउदी अरवमै बस्नु परेको थियो।

गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अलकासिमले पहल गरेको अभियानलाई प्रवासी नेपाल समन्वय समितिले -पीएनसीसी)ले थप रकम जुटाउन र समन्वय गरेर भूपाललाई नेपाल फर्काइएको हो ।

भूपाललाई नेपाल फर्काउन नेपाली प्रवासी समाज साउदी अरेविया, गन्तब्य नेपाल, बराहाक्षेत्र समाज सुनसरी, सुनसरी मोरग समाज, एनआरएनको वेलफेयर फण्ड, कुमार राना उद्धार अभियानबाट बचेको रकम, प्रेम बचाउ अभियानबाट बचेको रकमलगायत विभिन्न क्षेत्रका सामाजिक संघसंस्थाहरुले सहयोग गरेकाको पीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...