आज : २०२६-०७-०८, बुधबार

मलेसियामा बस दुर्घटना हुँदा दुई नेपालीको मृत्यु, १४ जना घाइते

रामचन्द्र नेपाल
क्वालालम्पुर, ८ अप्रील : मलेसियामा भएको सवारी दुर्घटनामा दुई नेपालीसहित ८ जनाको मृत्यु भएको छ । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने श्रमिकहरु चढेको बस सेलागरमा दुर्घटना हुदा दुई नेपालीको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारु छन् । यद्यपि नेपाली दूताबासले यसको पुष्टि गरेको छैन ।

घाइतेहरुको पुत्राजया, सेरडाग, वान्तिग अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये तीन जना नेपालीको अवस्था अवस्था गम्भीर छ ।