News Portal

नायक पल शाह र गायक प्रताप दास दर्शन सांगीतिक धमाका मच्चाउन कुवेत आउदै

हिमाली संचार संवाददाता
४१९ पटक

अप्रील ८, कुवेत : दर्शन ठकुरी समाज कुवेतले नायक पल शाह र गायक प्रताप दासका साथ पाँचौं वार्षिक उत्सव मनाउने भएको छ । दर्शन ठकुरी समाज कुवेतले आफ्नो पाँचौं वार्षिक उत्सवको अवसरमा “दर्शन सांगीतिक धमाका २०१९ “ कार्यक्रमको आयोजना गरी चर्चित नायक पल शाह र नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासका साथ वार्षिक उत्सव मनाउने भएको हो ।

दर्शन ठकुरी समाज कुवेतको पाँचौं वार्षिक उत्सवको तयारी तिब्र बनेको छ । आउँदो जुन ७ तारिख सुक्रवार हुने ‘पाँचौं वार्षिक उत्सव तथा दर्शन सांगीतिक धमाका २०१९ तयारीमा लागेको समाजका महासचिब राज मल्ल ठकुरीले बताए ।

अतिथि कलाकार चर्चित नायक पल शाह र गायक प्रताप दासको साथ मनाउने वार्षिक उत्सव बिल्कुल फरक खालको हुने र त्यसै अनुसारको तयारी भैरहेको संस्थाका सम्रक्षक बि.बि. मल्ल ठकुरीले जानकारी दिएका छन् ।

कुवेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा हुने बार्षिक उत्सवमा अथिति कलाकारको साथ स्थानिय कलाकारहरुको बिजोड प्रस्तुती रहने समाजका सल्लाहकार रुपेन हमालले बताए । उनले भने – कार्यक्रमको तय ३ महिना पहिला कुवेतका नेपाली अनलाईन मिडिया मार्फत जानकारी गराए पनी सँस्थाको हिजो बसेको साइबर बैठकले कुन चाही कलाकार लिएर कार्यक्रम गर्ने भन्ने बारे निर्णय भएको हो ‘।

कार्यक्रम भब्यरुपमा हुने भएकोले कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागी अनुरोध गर्दै उक्त दिन कुनै संघ संस्थाका साथै व्यक्ति विषेशले कार्यक्रम नजुधाईदिनु हुन समाजका अध्यक्ष एल बि हमालले अनुरोध गरेका छन् ।

         तपशिल :

स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल जिलिब
मिति : ७ जुन २०१९ शुक्रबार
समय : १२ बजे
आयोजक : दर्शन ठकुरी समाज, कुवेत

कार्यक्रम बारे जानकारीका लागि सम्पर्क नम्बर :
६६६४४५०९, ६००६७५७२, ६९९२५६९३

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...