News Portal

बनगाड कुपिण्डेको कफलेनीमा पहिलोपटक बस पुग्यो

हिमाली संचार संवाददाता
५४५ पटक
दुर्गा बिसि, सल्लिबजार

चैत, २४ आइतबार : सल्यानको बनगाड कुपिण्डे वडा ५ को कफलेनीमा पहीलो पटक वस पुगेको छ। स्थानीय पुर्वधार विकास साझेदारि कार्यक्रम अन्र्तगतको संघिय संसद टेकवहादुर वस्नेतले चिनाली, तिमीले, लाँखर हुदैै गर्चे नामकरण गरिएको सडकमा १५ लाख विनीयोजन मध्येको रकमबाट सडक निर्माण गरिएको छ ।

उक्त सडकको संसद तथा पुर्व मन्त्री वस्नेतले रिवन काटेर सडकको उद्घाटन गर्नु भएको थियो । सिद्धकुमाखको ढोडचौर देखि २८ किलोमिटर सडकको अझै लाँखर जोडिन २ किलोमिटर वाँकी छ । संसद वस्नेतले गत वर्ष १० लाख ७५ हजार र यो वर्ष १५ लाख रुपैया विनीयोजन गरि दुर्गम वस्तीमा सडक सुविधा पुर्याउने लक्ष्य रहेको वताउँनु भयो ।

यता बनगाड कुपिण्डे नगरपालिकाको केन्द्र देखि समेत साविक वडा ७ को लाँखरमा सडक सञ्जाल जोडिन बाँकी नै छ । सडक उद्घाटन कार्यक्रमका प्रमुख अतिथी संघीय संसद टेकवहादुर वस्नेत बाँकी सडकको काम आफ्नो कार्यकाल भित्र पुरा गराई छाड्ने वताउनु भएको छ ।

त्यसै गरि कार्यक्रमका विशिष्ट अतिथी बनगाड कुपिण्डे नगरपालीकाका प्रमुख गोविन्द कुमार पुन घण्टौ पैदल हिडेर कार्यक्रम स्थल पुग्नु भएको थियो । लाँखरमा नगरको केन्द्र देखि यसै आर्थिक वर्षमा सडक पुर्याउने वाचा समेत गर्नु भएको छ ।

सिद्धकुमाख वडाको वडा २,बनगाड कुपिण्डेको वडा ५ का मैनेनी, स्याँला, लाँखर, कफ्लेनी र वारुले लगाएतबाट हजारौ नागरिकको उपस्थिती रहेको थियो । सडकसँगै नगर प्रमुख पुनले अर्को आर्थिक वर्षमा खानेपानीको चर्म संकट व्यहोरिरहेका लाँखर र कफ्लेनीका जनतालाई खानेपानीको सहजता ल्याईदिने वाचा गर्नु भएको छ ।

स्थानीय चुनाव पछि लाँखर र कफ्लेनी पुग्नु भएका नगर प्रमुखसँग त्यहाँका नागरिकले २ वटा कुराको मात्रै माग गरेका छन् । पहिलो सडक र दोस्रोमा खानेपानी । नागरिकका समस्या प्रति आफु सजग रहेको र गत वर्षको नगरको वजेटबाट स्याँला मैनेनी सम्म सडक पुगेको र बाँकी काम यो आर्थिक वर्षमा सकिने जनाउनु भएको छ । यो आर्थिक वर्षमा समेत नगरबाट २० लाख विनीयोजन गरिएको छ ।

सडक उद्घाटन कार्यक्रममा नगर उपप्रमुख मञ्जु यरी, सिद्धकुमाख कुमाख गाउँपालिकाका जनप्रतिनीधी, सडक निमार्ण समितीका अध्यक्ष पुर्णवहादुर शाही, नेकपा पार्टिका अगुवा कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो । वडाध्यक्ष कमल वि.क.को अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन हिरालला रानाले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...