News Portal

भेरी नदिको माछा भयाे जिविकाेपार्जनको बाटाे !

हिमाली संचार संवाददाता
६९४ पटक
दुर्गा बिसि, सल्लिबजार

सल्यान, २३ चैत : सल्यानको पश्चिम क्षेत्रमा पर्ने बनगाड कुपिण्डे नगरपालिकामा भेरी नदि किनारमा माछा मार्ने वादि समुदायीहरु माछाबाटै जीवन गुजरा चलाएका छन् । माघ देखि बैशाख सम्म नदि किनारकै बगरमा छाप्रो वनाएर वस्ने गरेका छन् । माछा मारेर विक्रिवितरण गरेको पैसाले उनीहरु गास र कपाँसको जोह गर्ने गर्दछन् । प्रतिदिन उनीहरु ५ केजि देखि १० केजी सम्म माछा मारेर विक्रि गर्ने गरेका छन् । १ केजी माछाको नदि किनारमा ५ सयका दरले उनिहरु विक्रि गर्दछन् ।

जाल तथा महाजालबाट माछा मार्ने गरेको बनगाड कुपिण्डे नगरपालिका वडा २ झ्याम्टागुराका चैते वादिले वताए । ४ महिना माछा मार्ने र बाँकी समय फुर्सदै हुने र अन्य ८ महिनाको समयमा छाक टार्न निक्कै गाह्रो भएको दुखेसो पोखे । काचो माछा भन्दा सुकाएको माछाको मुल्य वढिमा विक्रि हुने गरेको छ । काचोको मुल्य घाटमै ५ सय पर्छ भने सुकाएर विक्रि गर्दा १ हजार पर्न जान्छ । उनीहरुले मारेको माछा वजारमा विचौलियाले ६ सय देखि ८ सय सम्ममा विक्रि गर्ने गरेका छन् ।

भेरी नदिमा दुख गरेर माछा मार्नेको भन्दा मारेको माछा खरिद गर्नेलाई मनग्य मुनाफा छ । यो समय भनेको भेरी नदिमा पानीको सतह कम भएका कारण अत्यधिक माछा जालमा पर्ने गर्दछ । तेहि भेरी नदिको माछा सल्यान, सुर्खेत, रुकुम र जाजरकोट आसपासका स्थानीय नदि किनारका वजारहरुमा प्रसस्त पाईन्छ । भेरी नदिको माछा औधि स्वादिष्ट हुने भएकोले जो कोहिले पनि मन पराउँने गर्दछन् ।

माछाको लागि प्रख्यात क्षेत्र सल्यानको वालुवासँग्रही, जाजरकोट र सुर्खेतको सिमाना छेडावजारमा माछा खान जानेहरुको भिड लागेको पाईन्छ । वादि जाति मात्रै नभएर यतीवेला भेरी नदिमा महाजालको सहयाताले नदि किनार वस्तीका जो कोहिले पनि माछा प्रसस्त मारेर आम्दानी गरिरहेका छन् । सिजनमा माछाबाटै नदि किनारका वासिन्दाले लाखौ समेत कमाउने गरेका छन् । माघ देखि बैशाख सम्म वादि जाती मात्रै नभएर नदि किनारका वस्तीका स्थानीयहरु अन्य कामकाजलाई भन्दा भेरि नदिमा माछा मार्ने कामलाई पहिलो प्राथामिकता दिने गरेको अर्का कसेरा वादिको भनाई छ ।

माछा मार्ने हाम्रो पेशा भए पनि यतिवेला नदिमा महाजालमा धेरै माछा पर्ने भएकोले सवैले हाम्रो सिको गरेर फाईदा लगेको कसेराको भनाई छ । माछा जती धरै मारे पनि खपत राम्रो रहेको छ । भेरी नदिको माछा भन्ने वित्तिकै बाटोमा आवतजावत गर्नेको रोजाई पनि माछा नै हुने गरेको छ । एकै पटक १० केजि देखि माथि जती भए पनि नास्ता र होटलमा खपत हुने गरेको छ ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...