News Portal

सुर्खेतको सिम्तामा ३ सय १३ जनालाई अपाङ्गता परिचय पत्र वितरण

हिमाली संचार संवाददाता
४१९ पटक
दुर्गा बि.सी.

सुर्खेत, २२ चैत : सुर्खेतको सिम्ता गाउँपालिकामा रहेका अपाङता नागरिकलाई गाउँपालिकाले अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । सिम्ता गाउँपालिकाको जामुनेवजारमा २ दिने सम्म चलेको अपाङ्गता परिचय पत्र वितरण कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के.सी.ले गर्नु भएको थियो ।

उद्घाटनमा पुर्ण रुपमा शाररिक अशक्तता भएकाले उहाँले “क”वर्गको परिचय पत्र दिएर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कुनै पनि नागरिक सरकारी सेवा र सुविधाबाट वञ्चित नहोस भन्ने उदेश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको हो । सिम्तासँग जनता कार्यक्रम अन्र्तगत अपाङ्गता भएका नागरिकलाई परिचय पत्र वितरण गरेर उनिहरुका राज्यबाट पाउने सेवा सुविधाको गाउँपालिकाले प्रत्याभुति गर्ने जनाएको छ ।

अपाङ्गता परिचय पत्र वितरण कार्यक्रममा “क” वर्गको रातो कार्ड पाउने ३३ जना, “ख” वर्गको निलो कार्ड पाउने ९९, “ग” वर्गको पहेँलो कार्ड पाउने ८९ जना, “घ” वर्गको सेतो कार्ड पाउने महिला पुरुष ९२ गरि महिला १ सय ३७ र पुरुष १ सय ७६ मा जम्मा ३ सय १३ जनालाई उक्त परिचय पत्र दिएको छ । गाउँपालिकाले वितरण गरेको अपाङ्गता परिचय पत्र वालवालीका, युवा, महिला र व्यवृद्धा समेतले पाएका छन् ।

परिचय पत्र पाए पछि सिम्ताका अपाङ्गता नागरिकले न्याय पाएको प्रत्याभुति गरेका छन् । गाउँपालिकाको सर्हानिय काम प्रति स्थानीयले खुसी वनेका छन् । गाउँपालिकाले अपाङ्गता परिचय पत्र वितरणका लागि उक्त स्थानीयको थप सेवाको लागि गाउँपालिकाका ९ वटै वडा कार्यलयहरुको कामकाज गाउँपालिकाको प्राङ्गणबाटै दिएको थियो ।

सिफारिस अन्य कामको लागि अशक्त हिडुल गर्न नसक्ने नागरिकको सुविधाको लागि उक्त कार्यले झनै सजिलो वनाइदिएको थियो ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...