News Portal

सुर्खेतको सिम्तामा ३ सय १३ जनालाई अपाङ्गता परिचय पत्र वितरण

हिमाली संचार संवाददाता
४०० पटक
दुर्गा बि.सी.

सुर्खेत, २२ चैत : सुर्खेतको सिम्ता गाउँपालिकामा रहेका अपाङता नागरिकलाई गाउँपालिकाले अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । सिम्ता गाउँपालिकाको जामुनेवजारमा २ दिने सम्म चलेको अपाङ्गता परिचय पत्र वितरण कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के.सी.ले गर्नु भएको थियो ।

उद्घाटनमा पुर्ण रुपमा शाररिक अशक्तता भएकाले उहाँले “क”वर्गको परिचय पत्र दिएर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कुनै पनि नागरिक सरकारी सेवा र सुविधाबाट वञ्चित नहोस भन्ने उदेश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको हो । सिम्तासँग जनता कार्यक्रम अन्र्तगत अपाङ्गता भएका नागरिकलाई परिचय पत्र वितरण गरेर उनिहरुका राज्यबाट पाउने सेवा सुविधाको गाउँपालिकाले प्रत्याभुति गर्ने जनाएको छ ।

अपाङ्गता परिचय पत्र वितरण कार्यक्रममा “क” वर्गको रातो कार्ड पाउने ३३ जना, “ख” वर्गको निलो कार्ड पाउने ९९, “ग” वर्गको पहेँलो कार्ड पाउने ८९ जना, “घ” वर्गको सेतो कार्ड पाउने महिला पुरुष ९२ गरि महिला १ सय ३७ र पुरुष १ सय ७६ मा जम्मा ३ सय १३ जनालाई उक्त परिचय पत्र दिएको छ । गाउँपालिकाले वितरण गरेको अपाङ्गता परिचय पत्र वालवालीका, युवा, महिला र व्यवृद्धा समेतले पाएका छन् ।

परिचय पत्र पाए पछि सिम्ताका अपाङ्गता नागरिकले न्याय पाएको प्रत्याभुति गरेका छन् । गाउँपालिकाको सर्हानिय काम प्रति स्थानीयले खुसी वनेका छन् । गाउँपालिकाले अपाङ्गता परिचय पत्र वितरणका लागि उक्त स्थानीयको थप सेवाको लागि गाउँपालिकाका ९ वटै वडा कार्यलयहरुको कामकाज गाउँपालिकाको प्राङ्गणबाटै दिएको थियो ।

सिफारिस अन्य कामको लागि अशक्त हिडुल गर्न नसक्ने नागरिकको सुविधाको लागि उक्त कार्यले झनै सजिलो वनाइदिएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...