News Portal

प्रेस युनियनका पदाधिकारी र बेलायतका सांसदबीच भेटबार्ता

हिमाली संचार संवाददाता
३९२ पटक

बेलायत, ५ अप्रील : नेपाल प्रेस युनियनका पदाधिकारी र बेलायतका सांसदबीच भेटघाट भएको छ । युनियन बेलायत शाखाको अधिवेशन सम्पन्न गर्न यहाँ आएका युनियनका उपाध्यक्ष बाला अधिकारी र महासचिव अजयबाबु शिवाकोटी तथा बेलायतका सांसद विरेन्द्र शर्माबीच बेलायतमा रहेका नेपाली पत्रकार र नेपाली समुदायका समस्याका विषयमा छलफल भएको हो।

नेपाल प्रेस युनियन बेलायत शाखाका उपाध्यक्ष रहेका पत्रकार एभरेष्ट गौतमको पहलमा युनियनका पदाधिकारी र सांसदबीच भेटघाट भएको हो । लेबर पार्टीको तर्फबाट बेलायतको संसदमा प्रतिनिधित्व गर्ने सांसद शर्माले नेपाली समुदायलाई गर्न सक्ने सहयोगकालागि आफू तत्पर रहेको बताए । सांसद शर्माले नेपालबाट बेलायत पुग्ने उच्च राजनीतिक नेतृत्वसँग समेत भेटघाट गर्दै आएका छन् ।

दक्षिणएसिया मामिला हेर्ने संसदीय समितिका संयोजक समेत रहेका शर्मा भारतीय मूलका बेलायती नागरिक हुन् । उनी ५० वर्ष अघि भारतको पञ्जाबबाट बेलायत पुगेर संघर्ष गर्दै यो स्थानमा पुगेका हुन् । सांसद शर्माले यहाँ बस्ने नेपाली समुदायले बेलायती राजनीतिप्रति चासो राखेर माथि उठ्न सक्ने बताए ।

नेपालबाट बेलायतमा आइ राजनीतिमा सक्रिय रहेका नेपाली मुलका बेलायती नागरिक बच्चुकैलास कैनी, शिवजी श्रेष्ठको पनि सांसद शर्माले उदाहरण दिँदै अरु नेपाली पनि राजनीतिमा आउन सक्ने बताए । कैनी बेलायतमा सांसदको उमेद्वार बनिसकेका छन् भने श्रेष्ठ यहाँको लेबर पार्टीको नेताको रुपमा परिचित छन् ।

सुरुमा कन्डक्टरको काम गर्दा ट्रेड युनियन आन्दोलनमा सक्रिय सांसद शर्मा एक दशक ट्रेड युनियन आन्दोलनमा काम गरेपछि चार दशकदेखि बेलायतको राजनीतिमा सक्रिय छन् । उनी लेबर पार्टीको तर्फबाट तीन पटक सांसद भैसकेका छन् । उनले बेलायतको इलिङ साउथ हलबाट प्रतिनिधित्व गर्छन् । आगामि जुलाई वा अक्टोबरमा नेपाल भ्रमणमा जाने जानकारी दिए ।

भेटबार्तामा बेलायतमा रहेका ब्रिटिस सैनिक, नेपाली समुदाय र पत्रकारका समस्याको बारेमा युयिनका महासचिव शिवाकोटीले सांसद शर्माको ध्यानाकर्षण गराउँदै सहयोग गर्न आग्रह गरेका थिए । शिवाकोटीले प्रेस युनियन ट्रेड युनियन अधिकारका लागि क्रियाशिल संस्था भएको जानकारी गराउँदै बेलायतसँग सहकार्य गरेर पत्रकारका क्षमता विकासका कार्यक्रममा साझेदारी गरेर अघि बढ्न सक्ने बताए ।

बेलायतमा रहेका नेपाली पत्रकारको क्षमता विकास र सहज रिपोटिङको प्रबन्ध मिलाउने व्यवस्था मिलाउन सांसद शर्मालाई महासचिब शिवाकोटीले आग्रह गरेका थिए । शिवाकोटीले वेलायतमा रहेका नेपाली समुदायको अपेक्षा बेलायत सरकारसँग पुर्याउन सहयोग गर्न अनुरोध गरे ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...