News Portal

पुरुष नहुदाँ महिलाहरु गाउँमा श्रमदान गर्दै

हिमाली संचार संवाददाता
५९२ पटक
दुर्गा बिसि, सल्लिबजार

चैत २०, बिहीवार : पश्चिम बनगाड कुपिण्डे नगरपालिकाको वडा १ मा पर्ने चुकेपार्टि कुलो निर्माणमा महिलाहरु श्रमदानमा जुटेका छन। कर्णाली प्रदेश सरकारको कृर्षि मन्त्रालयको १५ लाख वजेटबाट कुलोको काम सम्पन्न नहुने भए पछि उनिहरु आफ्नो निर्माण गर्न आफै जुटेका छन।

रामजानकी तरकारि उत्पाक समहुका अध्यक्ष प्रकास वुढाका अनुसार वजेट अपुग र केहि श्रमदान र केहि ज्यालामा पुरुष भन्दा महिलाको सक्रियाता वढि देखिएको जनाउनु भयो ।

करिव ४० जना भन्दा वढि गाउँका महिलाहरु आफ्नो कुलो निर्माणमा जुटेका छन् । चुकेपाटी कुलो बनगाडको पुरानो प्रख्यात खेतीयोग्य जमिनको सिंचित गर्ने कुलो हो । ४ सय ५० मिटर मात्रै निमार्णको लागि १५ लाख वजेट प्रदेश सरकारले विनीयोजन गरिदिए पछि आफ्नो कुलो निर्माण महिलाहरु आफै कसिएका छन् ।

करिव ३० हेक्टर जमिन सिंचित गर्ने जनाएको छ । कुलोमा पानी नचढ्दा किसानलाई सिचाईको लागि हैरानी पर्ने गर्दथ्यो तर अव बाँध देखि आंशिक भाग मात्रै कुलो निर्माणले केहि राहत दिनेमा उनिहरु वताउँछन् । आफ्नो खेतीयोग्य जमिनमा वालिबाटे लगाउँदा सिचाईको लागि दुख झेल्नु नपरोस भनेर उनिहरु थोेरै पैसा र धेरै श्रमदानका लागि कुलो निर्माणमा सहयोग गरिरहेका छन् ।

यो समय भनेको अधिकांस पुरुषहरु मजदुरीका लागि भारत पुगेका छन् । पुरुष नहुदाँ पनि गाउँघरमा कामकाज अधुरा रहेका छैनन् । पुरुषको दाँजोमा महिलाहरु इमान्दार भएर कामगर्ने भएकाले विकासे कामकाजमा वढि महिला नै भेटिने गरेका छन् ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...