News Portal

पुरुष नहुदाँ महिलाहरु गाउँमा श्रमदान गर्दै

हिमाली संचार संवाददाता
५५५ पटक
दुर्गा बिसि, सल्लिबजार

चैत २०, बिहीवार : पश्चिम बनगाड कुपिण्डे नगरपालिकाको वडा १ मा पर्ने चुकेपार्टि कुलो निर्माणमा महिलाहरु श्रमदानमा जुटेका छन। कर्णाली प्रदेश सरकारको कृर्षि मन्त्रालयको १५ लाख वजेटबाट कुलोको काम सम्पन्न नहुने भए पछि उनिहरु आफ्नो निर्माण गर्न आफै जुटेका छन।

रामजानकी तरकारि उत्पाक समहुका अध्यक्ष प्रकास वुढाका अनुसार वजेट अपुग र केहि श्रमदान र केहि ज्यालामा पुरुष भन्दा महिलाको सक्रियाता वढि देखिएको जनाउनु भयो ।

करिव ४० जना भन्दा वढि गाउँका महिलाहरु आफ्नो कुलो निर्माणमा जुटेका छन् । चुकेपाटी कुलो बनगाडको पुरानो प्रख्यात खेतीयोग्य जमिनको सिंचित गर्ने कुलो हो । ४ सय ५० मिटर मात्रै निमार्णको लागि १५ लाख वजेट प्रदेश सरकारले विनीयोजन गरिदिए पछि आफ्नो कुलो निर्माण महिलाहरु आफै कसिएका छन् ।

करिव ३० हेक्टर जमिन सिंचित गर्ने जनाएको छ । कुलोमा पानी नचढ्दा किसानलाई सिचाईको लागि हैरानी पर्ने गर्दथ्यो तर अव बाँध देखि आंशिक भाग मात्रै कुलो निर्माणले केहि राहत दिनेमा उनिहरु वताउँछन् । आफ्नो खेतीयोग्य जमिनमा वालिबाटे लगाउँदा सिचाईको लागि दुख झेल्नु नपरोस भनेर उनिहरु थोेरै पैसा र धेरै श्रमदानका लागि कुलो निर्माणमा सहयोग गरिरहेका छन् ।

यो समय भनेको अधिकांस पुरुषहरु मजदुरीका लागि भारत पुगेका छन् । पुरुष नहुदाँ पनि गाउँघरमा कामकाज अधुरा रहेका छैनन् । पुरुषको दाँजोमा महिलाहरु इमान्दार भएर कामगर्ने भएकाले विकासे कामकाजमा वढि महिला नै भेटिने गरेका छन् ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...