News Portal

बारा-पर्सामा धनजनको क्षति प्रती गैरआवासीय नेपाली संघ मकाउद्वारा दुख व्यक्त, सहयोग गर्न सबैमा अपिल !

हिमाली संचार संवाददाता
५५७ पटक
सन्जिब कोयी राई

मकाउ, ४ अप्रिल : प्रदेश न.२ अन्तर्गत बारा-पर्सा लगायत तराईको विभिन्न भागमा आईताबार बेलुका आएको हावाहुरीबाट ठुलो धनजनको क्षति भएको छ। बारा-पर्सामा २७ जना भन्दा धेरैको मृत्यु साथै सयौंको संख्यामा धाईते भएको विभिन्न संचार माध्यमहरुले प्रसारण गरि रहेका छ।

गैरआवासीय नेपाली संघ मकाउका अध्यक्ष शान्ति अधिकारीको अध्यक्षमा आकास्मिक बैठक बसेर गहिरो दुःख व्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली, समवेदना साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै गैरआवासीय संघ मकाउले मकाउमा रहेका विभिन्न संधसंस्था, सहयोगी मानुभाव, समग्र नेपाली समुदाय समक्ष पत्राचार गर्दै सहयोग गरिदिन हुन अपील गर्ने निर्णय गरेको छ।

गैरआवासीय संघ मकाउले बारा-पर्साको आपतकालिन अबस्था प्रति गम्भिर हुदै मकाउमा कार्यरत नेपाली समुदाय समक्ष सहयोग अपील गर्दै प्रभावित क्षेत्रका पीडितहरु प्रति सहानुभूति स्वरुप सहयोग यस्तो आपतकालिन दुखद धडीमा मानवीय सहयोग गरि एक जुट भई सहयोग गरिदिन हुन अनुरोध गर्दै सहयोग संकलन सुरु गरेको गैरआवासीय संघ मकाउका अध्यक्ष शान्ति अधिकारीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...