News Portal

  • नाथेखोला हुदै जामुने बाँझकोट-औलवेसि सडकको उद्घाटन

    हिमाली संचार संवाददाता
    ४०६ पटक
    दुर्गा बिसि, सल्लिबजार

    चैत २०, बुधबार : सल्यानको बनगाड कुपिण्डेको वडा २ र ३ बामेलाई नगरको केन्द्र सल्लीवजारसम्म जोड्ने छोटो सडकको आज उद्घाटन गरिएको छ । २०७१ सालमा नाथेखोला जामुने, बाँझकोट हुदै औलवेसि नामकरण गरेर बाटोको काम सुरु गरिएको थियो । करिव ५५ लाख वजेटबाट बामेको औलवेसि सम्म करिव १७ किलोमिटर सडकको काम सम्पन्न भएको छ ।

    यस वर्षको वडाको ५ लाख र स्थानीय पुर्वाधार विकास साझेदारि तथा संघिय वजेटको १५ लाखले सडकको ट्रयाक खोल्ने काम सकिएको छ । नगरको वडा ४ काफलपानी,डोप्के,काव्रा र बाँझकोटको लागि वजार आवता जावतमा सहजता थपेको छ । सडक निर्माण कार्य सम्पन्न भएपछि स्थानीयले आज भव्य उद्घाटनका समारोहको आयोजना गरेका छन् ।

    कार्यक्रममा पुर्व मन्त्री तथा सल्यान जिल्ला संघीय सांसद प्रमुख अतिथी टेकवहादुर वस्नेत, कर्णाली प्रदेशका सल्यान प्रदेश सांसद गुलाव जंग शाह, बनगाड कुपिण्डे नगरपालीकाका प्रमुख गोविन्द कुमार पुन, वडाध्यक्ष टेकवहादुर पुन र २ नंम्बर वडा अध्यक्ष प्रतिमल वुढा लगाएतका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।

    सडक उद्घाटन कार्यक्रममा संसद वस्नेतले केन्द्रले ठुला आयोजना,प्रदेशले मझ्यौला र स्थानीयले साना साना काममा प्रथामिकता दिने वताउनु भयो । राजनीती गर्ने अव सकियो यो समय भने खिचातानी नगरेर विकासमा सहयोग गर्नु पर्ने वताउँनु भयो ।

    सल्यान जिल्लामा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, विद्युतका लागि करडौ रकम आएको छ । उक्त काम छिटै कार्यन्वय भएर समयमा काम गर्न सकिएमा जनताका वाचा पुरा गर्ने सकिने वताउनु भयो । आफुहरुले चुनाव वोलेका कुरा विस्तारै पुराहुदै जाने ठोकुवा गर्नु भएको छ ।

    बामेमा रिङरोड हुदै साना सडक विस्तार देखि खानेपानी, विद्युतीकरणका क्षेत्रमा वस्नेतको सक्रियतामा काम अघि वढेका छन् । त्यसै गरि प्रदेश संसद शाहले पनि नगरलाई अर्निणयको वन्दी वनाएर, जुन कामकाज ठप्प पार्ने काम भएकोमा दुख व्यक्तm गर्र्नु भएको छ । जुन स्पिडले बनगाड कुपिण्डे नगरमा कामले गतिलिनु पर्ने हो त्यो हुन नसकेकोमा दुख व्यक्त गर्नु भएको छ ।

    नगरमा एकले अर्काले खुट्टा तान्ने प्रविधीले आफुहरुले केन्द्र र अन्य निकायबाट वजेट माग र विनीयोजन गर्न नसकेको स्वीकार गर्नु भएको छ । जनताका कामलाई सधै सिरोपरि ठानेर अघि वढ्न समेत संसद शाहले अनुरोध गर्नु भएको । विरोध गर्ने समय नभएर यो भनेको काम र परिणाम देखाउने वेला भएको वताउनु भयो । त्यसै गरि नगर प्रमुख पुनले पनि नगरमा केहि जनप्रतिनिधीले गोरु चुटेर हलो अट्काउने खेल खेलिरहेको जनाउनु भयो ।

    आफुलाई कुनै पनि काम गर्न नदिने प्रपञ्च रचिएको र जनतासामु वोलेका वाचा पुरा गर्न अवरोध पुरर्याएको वताउँनु भयो । त्यसै गरि सडक निर्माण समितीका अध्यक्ष धनवहादुर पुनले यो आर्थिक वर्षमा संघीय वजेटको १५ लाख र वडाको ५ लाखको खर्चको सार्वजनीकीकरण गर्नु भएको थियो । पुनकै अध्यक्षतामा भएको कार्यक्रममा मुक्ती माविका प्रअ.नोखराज विएमले सञ्चालन गर्नु भएको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सबै नेताको सम्पत्ति छानबिन गर्ने आयोग बनाइने: प्रचण्ड

    काठमाडौं, असोज १० – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै नेताको सम्पत्ति छानबिन...

    दुर्गा प्रसाईँले अस्वीकारे प्रधानमन्त्रीको अफर: जेनजी आन्दोलनपछि प्रस्ताव आएको दाबी

    काठमाडौं, असोज १० – मेडिकल व्यवसायी र नागरिक अधिकारकर्मी दुर्गा प्रसाईँले जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्री...

    जेनजीका माग सही, तर विध्वंस स्वीकार्य छैन: ओली

    भक्तपुर, असोज १० – नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको मागहरू गलत...

    गृहमन्त्री अर्यालको चेतावनी– नेताहरूलाई पासपोर्ट रोक्का मात्र होइन, पक्राउ पनि हुन सक्छ

    काठमाडौं, असोज १० – गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र जेन–जी आन्दोलनमा संलग्न नेताहरूलाई आवश्यक परे...

    रास्वपालाई घरधनीको नोटिस, तीन महिनाभित्र कार्यालय खाली गर्न आग्रह

    काठमाडौं, असोज १० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बनस्थलीमा प्रयोग गर्दै आएको केन्द्रीय कार्यालय...