News Portal

कुवेतमा कार्यरत खोटाङका टेम्मालीहरुद्वारा टेम्मा र दिलैछीलाइ स्ट्रेटचियर उपलब्ध

हिमाली संचार संवाददाता
४१७ पटक

नैनकला राई  -कुवेतमा कार्यरत खोटाङका टेम्मालीहरुद्वारा दिप्रुंङ चुइचुम्मा गाउँ पालिका ७ को स्वास्थ्य संस्था टेम्मा र सामुदायिक स्वास्थ्य ईकाई दिलैछीलाइ स्ट्रेटचियर उपलब्ध गराएका छन्l

दिप्रुंङ चुइचुम्मा गाउँ पालिकाकी बासिन्दा अभियन्ता कृष्णकला सुनिता राईको अभियानमा साथ दिदै खोटाङ कुवेत सम्पर्क मंचका पूर्व अध्यक्ष तथा बर्तमान किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राईको पहलमा कुवेतमा कार्यरत टेम्मालीहरुबाट संकलित रकमले स्ट्रेटचियर उपलब्ध गराउन सफल भएको हो l अभियन्ता राई कुवेतको विभिन्न संघ संस्थामा आवद्ध रही सामाजिक काममा सकृय रहदै आएका चिरपरचित व्याक्तित्व हुन् l

उक्त स्ट्रेट चियर डाँडागाउँ ओख्रे स्वास्थ्य चौकीमा एक कार्यक्रम गरि दिप्रुंङ चुइचुम्मा गाउपालिकाका अध्यक्ष भुपेन्द्र राईको हातबाट टेम्मा स्वास्थ संस्थाको वडा अध्यक्ष धन बहादुर थापा र टेम्मा स्वास्थ इकाइ दिलैछिको सान्ती माबी बरडाँडाका प्रधान ध्यापक एजुनन्द राईले स्ट्रेट चियर ग्रहण गरेको राईले परदेशी खबरलाई जानकारी गराएका छन् l

आफ्नो जन्म थलो टेम्मामा अहिलेसम्म पनि यातायातको सुबिधा नभएकोले बिमारीहरुले उपचारको लागि स्वास्थ्य चौकी वा सदरमुकामसम्ममा पुग्न कठिन हुने भएकोले स्ट्रेटचियर हुदा केहि सहज र राहत मिल्ने भएको हुनाले उपलब्ध गराएको पनि राईले बताए l

सहयोगी दाताहरुको नाम
१. मन्जित चाम्लिङ राई
२. मनकाजि चाम्लिङ राई
३. प्रकाश चाम्लिङ राई
४ . कल्याण (बुवेपाछा) चाम्लिङ राई
५ . रबिन (बुवेपाछा) चाम्लिङ राई
६. कैलाश (बुवेपाछा) चाम्लिङ राई
७. नविन कार्की
८. सम्भु क्षेत्रि
९. काजि बस्नेत
१०. बिदुर बस्नेत
११. पर्शु (पण्डित) घिमेरे

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...